“मुक्तक” गरिबका निम्ति धनीका पहिले खुट्टा भेटिन्छन् यहाँ

0
65
लेखक:- दिपक तिवारी
 मुक्तक
दलालीलेआफ्नै जन्मभूमि किचेर खाने भो ।
भारतलेनै नेपालीको भूमि मिचेर जाने भो ।।
प्रत्येक सिमानमा राखेका खम्बाहरु सारेर ।
नेपालीको स्वाभिमानलाई थिचेर लाने भो ।।
धनीका सधैं आत्मकथाका बेथा रेटिन्छन् यहाँ ।
उहीँ गरिबकानै मिहिनेती पसिना मेटिन्छन् यहाँ ।।
किन गर्छन् परिश्रममा डाहा,एउटै रगत र भेषको ।
गरिबका निम्ति धनीका पहिले खुट्टा भेटिन्छन् यहाँ।।
ति ८८४ कपूत मिली राष्ट्रको गरिमा बेचेका छन ।
सोझा साना जनतामाथी शोषणले मिचेका छन ।।
यो आफ्नो जन्मभूमि, त्यो नेपालीको सानलाई ।
पेट भरिने बाटो रोजी भष्र्टचारमा गिरेका छन ।।
        ‘आँसु प्रेमी ‘
प्रतिक्रिया दिनुहोस्