सिन्धुपाल्चोक, १९ साउन । भारी वर्षाका कारण सिन्धुपाल्चोकको दुई स्थानमा गएराति गएको पहिरोमा वेपत्ताहरुको शव फेला परेको छ । प्रहरीका अनुसार घटनामा वेपत्ता समेतको शव फेला परेपछि मृतक संख्या १० पुगेको छ ।
राति सुतिरहँदा पहिरो खसेकाले मजदुरहरुले चाल नपाउँदा भाग्न पाएनन् । उनीहरुको घटनास्थलमै मृत्यु भयो ।
यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका बरुवामा पहिरोले पुरिंदा दुई जनाको मृत्यु भएको छ । मृतकहरु श्रीमान श्रीमती हुन् । प्रहरीका अनुसार मृतकहरुमा ५० वर्षीय यज्ञबहादुर कस्तरी र ४८ वर्षीया लक्ष्मी सिलवाल हुन् ।
मृतकको सुची
१. भारत बेतियाका ४२ वर्षीय राजेन्द्र चौरसिया
२. वीरगञ्जका ३५ वर्षीय प्रदिप चौरसिया
३. बाराको सिमराका २१ वर्षीय राजेश चौधरी
४. २५ वर्षीय विक्रम थिंग
५. २३ वर्षीय मानबहादुर रुम्बा
६. २० वर्षीय सिमन घ्लान
७. २१ वर्षीय शिबबालक धामी
८. १७ वर्षीय सोनम लामा
९. थाङपालमा गएको पहिरोमा मृत्यु हुने ५० वर्षी यज्ञबहादुर कस्तरी
१०. ४८ वर्षीय लक्ष्मी सिलवाल