बर्षेनी दुख दिने कोशी बाँध बारे कहिले सोच्ने सरकार

0
78
कोशी नदीको वाॅधको प्रकोप बाट नेपालको तराई क्षेत्र र भारतको विहार क्षेत्रका आम जनताले वर्षेनी भोग्नु परेको दुःख ले आम जनताको मन रोयको छ। यो त्रासदीको मुख्य कारण कोशीमा बाधीयको बाॅध रहेको कुरा मीडियामा आउने गरेको र बाॅध बनेदेखीनै हरेक बर्ष नेपाल र भारत दुवै देशका जनताले यसको मार खेप्नु परीरहेको छ ।
बाॅध बर्षाकालको नदीको बेगबाट जनधनको सुरक्षाको हिसाबले बनाईको थियो। तर आज आयर यो प्रष्ट भयकोछकी कोशीको तटबन्ध ले तराई क्षेत्र डुबानमा परी जनताले शुख हैन बर्षेनी दु:ख पायका छन्।
कोशी तटबन्ध बर्षाकालको नदीकोपानीबाट जनधनलाई जोगाउने अभीप्रायले भयको थियो। तर नदीलाई छेकेर छेकिॅदैन यसलाई त अवछिन्न बहन दिनु पर्छ । किनकी पानीको स्वभाव भनेकै निरन्तर बहने हो।
पानी जीवनको आधार हो। खेतीपाति देखी लियर जीवन निर्वाह को लागी पानी अपरिहार्य छ। तर बाढी आउॅदा त्यही पानीले जनजीवन त्रासदीपूर्ण बनाउॅछ।
पचास वर्ष भन्दा पहिले बाॅधको परिकल्पना गरेर बाढीबाट बच्न रचियको यो उपाय सफल भयन। हरेक बर्ष हुने गरेको डुवानले यो ष्रष्ट गरेको छ।
यसैले आज नेपाल र भारत दुबै देशले आपसमा छलफलगरी चाहियको समयमा कोशीको वा कुनैपनि नदीको पानीको बहाबबाट जनताले लाभ लिन सक्ने तर बर्षाको वेला वाढीको प्रकोप बाट जनधनलाई बचाउने उपाय अपनानु पर्दछ । यो सामाजिक कार्य पनि हो र मानवीयकार्य पनिहो।
यसकाममा मैले दीर्घकालीन सरल उपाय देखेकोछु र जुन म यहाॅ बताउॅदैछु। आशायवं विश्वासछ यसविषयमा दुवैदेशका जलश्रोत, संचार यवं कृषि मन्त्रालयले विचार परामर्ष गरी मेरो यस विचारलाई जनहित को लागी कार्यन्वयन गर्नेछ।
मैंले देखेको दीर्घकालिन उपाय के हो भने भारत पक्षले त्यो अहिले रहेको कोसीनदीमा लगाईयको बाॅध यसै बर्षको बर्षायाम पछि भत्काउने र विहारलाई कोशी नदीको बाढीबाट बचाउन भारत भूमीमा बहने नदीको पींधबाट विहारदेखी समुद्र सम्म सुरुङ खनी सुरुङको उद्गगम स्थानमा नदीमा पानी कम हुॅदा ढोका बन्द गर्न मील्ने अनि नदीमा बाढीआई पानीको बहाब बढ्दा सुरुङ को ढोका खोली नदीको पानीलाई सुरुङ बाट समुद्र मा पठाउने यस्तो सुरुङ को निर्माण गर्नेछ।
अन्तरीक्षमा पहुॅच भयको भारत जमीनमा सुरुङ खन्न असक्षम हुने छैन।
नदीको समुद्र संम बहने अधिकारछ र बहन्छ पनि । पानीलाई छेकेर छेकिॅदैन। नेपाल भूपरिवेष्टित मुलुक भयकोले ऊसले नदीलाई समुद्र संमजाने बाटो बनाउन सक्दैन र मील्दैन पनि तर भारतको सीमा समुद्र सम्मछ। यसैले भारतले बर्षाकालको नदीको पानीलाई वाॅधले रोक्ने होईन वरु सुरुङ बाट समुद्रमा पठाउनु पर्छ। यो सुरुङ भारतले बनाउनु पर्छ ।
तराई र विहारको भौगोलिक अवस्था हेर्दा वर्षाको पानीलाई नदीको पींध मुनी बाट सुरुङ खनी समुद्रसम्म पठाउनुको विकल्प छैन। मुख्यत यसो गर्दा बर्षा याममा दुबै देश डुवानबाट बच्ने र नदीमा पानीकम भयको समयमा भारतले सुरुङको ढोका बन्द गरेर नदीको पानी अन्नबालीमा अनबरत उपयोग गर्न सक्छ।
यसकारण नेपाल भारत दुबै पक्षले मानवीय उद्दार र प्राकृतिक संरक्षण दुवैको हृदयङ्गम गरी कोशीनदीमा रहेको बाॅध भत्काई भारतले सुरुङ निर्माण गर्नु अत्यावश्यक छ।
मेरो विचारमा बर्षायामपछि नै यसै वर्ष नदीमा लगाईको अनावश्यक तटवन्ध दुई देशको सहमतिमा भत्काउने र बर्षाकालको कोशीको पानी सुरक्षित तवरले समुद्र सम्म बहनको लागी भारतले आफ्नो भूमीमा सुरुङ खन्ने काम गर्नु उपयुक्तहुनेछ।
विशेषत यस वर्षनै भारत ले आफ्नो देशको भौगोलिक अवस्था अनुरुप तटबन्धको सट्टा सुरुङद्वारा बाढीको पानीलाई नियन्त्रण गरी हरेक बर्ष हुने गरेको वर्षा यामको कोशीनदीको त्राशदी लाई अन्त गर्नेछ।
जय वशुधैवकुटुम्वकम ।
 अस्तु।
विष्णु सिमखडा
प्रतिक्रिया दिनुहोस्