समाजसेवा मन,बचन,कर्मले गर्नुपर्छ- समाजसेवी उर्मीला डङ्गोल

0
78

असाढ-२७, काठमाडौं,  हाम्रो समाजमा समाजसेवा गर्ने इच्छा भएका धेरै छन्। तर मन, बचन र कर्मले समर्पित भएर रातदिन समाजसेवामा लागिरहनुभएको छ उर्मिला डङ्गोल।  उहाँ  भद्रकुमारी घले सदनको कार्यकारी अध्यक्ष, महिला सहकारी संस्था अध्यक्ष नेपाल भाषा मिसा खलको सचिव , राष्ट्ररिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको सल्लाहकार हुनुहुन्छ।

अहिले लकडाउनको समयमा पनि रातदिन समाजसेवामा लागिरहनुभएको उर्मिलाले विभिन्न कोरोनाबाट भएको लकडाउनको कारण खाद्यान्न अभाव भएकाहरूलाई राहत वितरण र भोजन गराइरहनु भएको छ । नागरिक डायरी डटकमले उहाँको बारे रिपोर्ट तयार गरिरहेको अवस्थामा उहाँले राहत वितरण गरिरहनु भएको थियो।  उहाँले भन्नुहुन्छ ” मलाई सहयोग गर्दा आनन्द आउँछ।  अपाङ्गता भएका र अभाबमा भएकाहरूलाई सहयोग गर्दा मनमा शान्ति मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्