पसलको चाबी बुझाउँदै सिभिल मलका व्यापारीहरुले भने, ‘हामी आत्महत्या गर्ने स्थितिमा पुग्यौ’

0
46

सिभिल मलका व्यापारीहरुले सामुहिकरुपमा पसलको चाबी मलका सञ्चालकहरुलाई बुझाएका छन् । शुन्य आम्दानीमा व्यवसायीहरुलाई भाडा बहाल रकम अनिवार्य रुपमा भुक्तानी गर्न सञ्चालकहरुले ठाडो निर्देशन दिएपछि सो रकम भुक्तानी गर्न नसक्ने भएकाले उनीहरुले पसलको चाबी बुझाएका हुन् ।नेपालमा दैनिक रुपमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा पसलहरु सञ्चालन गरे पनि बोहनी समेत हुन नसकेको सिभिल मल व्यापार संघले जनाएको छ ।  यस्तो अवस्थामा संघ र सञ्चालकबीच आपसी समझदारीमा यो विषय टुङ्ग्याउनु पर्नेमा आफूहरुको माग सुनुवाइ नगरी असार २५ भित्र भाडा वहाल रकम भुक्तानी नभए थप विलम्ब लाग्ने लिखित र मौखिक दबाब दिइएको उनीहरुको आरोप छ ।

एक रुपैयाँ आम्दानी नभएको र भोलिका दिनमा व्यापार हुने भएर तिर्ने कुनै उपयुक्त वातावरण नहुने निश्चित रहेको अवस्थामा कहाँबाट लाखौँ रकम ल्याएर दिन सकिन्छ भन्ने उनीहरुको प्रश्न रहेको छ । संघका अध्यक्ष रत्नबहादुर घिमिरेले वार्ताका लागि मल सञ्चलक र व्यापारी दुवै पक्षलाई गम्भीर भइ सन्तुलित सहमतिका लागि आग्रह गरेका छन् ।

हेरौँ तस्विरः

श्रोत :- रातोपाटी डटकम

प्रतिक्रिया दिनुहोस्