वडाले बाढ्यो अपाङ्गता भएकाहरूलाई घरायसी सामग्री

0
69

असाढ-२१, काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग र अपाङ्गता संमन्वय समिति चन्द्रागिरी आयोजनामा वडा भित्र रहेका २२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई घरायसी सामग्री वितरण गरिएको छ ।

अपाङ्गता संमन्वय समिति चन्द्रागिरीका अध्यक्ष दयाराम महर्जनकोअध्यक्षतामा र १० वडा अध्ययक्ष हीराकाजी महर्जनबाट सामग्री हस्तान्तरण गरिएको थियो।  राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र अध्यक्ष निलकण्ठ पौडेल समेत त्यस कार्यक्रममा पुगेका थिए , उनले बडाले गरेको काम सर्हानिय भएको बताउदै सबै नगरपालिकाले पनि अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्नुपर्ने बताए  । चन्द्रागिरीका समाजसेबी दिपक श्रेष्ठले कार्यक्रमलाई सहजीकरण गरेका थिए।  लकडाउनको समयमा घरायसी सामग्री कम्बल, पानी फिल्टर, पानी तताउने जग, टेबुल पंखा प्रत्येक अपाङ्गता भएका व्यक्तिहरुको लागि चार सामग्री पाउँदा सबै खुसी भएको दिपक श्रेष्ठले जानकारी दिए

रासस

प्रतिक्रिया दिनुहोस्