नयाँ बसपार्कमा रोकीराखेको आठ माइक्रोमा आगलागी, कसरी भयो आगलागी

0
157

असार २१काठमाडौँ।।
काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान करिब ३ बजे अगलागी हुँदा ८ वटा माइक्रोबस जलेको छ।।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी रोशन खड्काले आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको जानकारी दिए।

आगलागी बाट बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । डीएसपी खड्काकाअनुसार बा १ ज ९६०९ नम्बरको माइक्रोबाट आगलागी सुरु भएको थियो

घटनाको प्रकृति हेर्दा प्राविधिक कारणबाट आगलागी भएको हुनसक्ने डीएसपी खड्काले बताए । । तर, घटनाबारे थप अनुसन्धानपछि मात्र यकिन हुन सक्ने उनले बताए।।अहिले घटना स्थलमा प्रहरी को अनुसन्धान जारी छ।

सचिन पाण्डे, काठमाडौं

प्रतिक्रिया दिनुहोस्