प्रधानमन्त्रीद्वारा राजीनामा

0
608

१९ असार, काठमाडौं । नेपालमा प्रधानमन्त्रीको राजीनामा चर्चा चलिरहेको बेला फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले राजीनामा दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको एक विज्ञप्तिअनुसार एडुवार्डले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ ।

राजीनामा दिए पनि के कारण राजीनामा दिइएको हो भन्नेबारेमा भने केही बताइएको छैन । यद्यपि राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको लागि अघि सारेको योजनाको कारण प्रधानमन्त्री र सरकारको राजीनामा आएको हुन सक्ने बताइएको छ ।

राजीनामा दिए पनि नयाँ सरकार नबनुञ्जेलसम्म यो सरकारले नै आफ्नो काम गर्नेछ । यद्यपि राष्ट्रपतिले छिटै नै नयाँ सरकार बनाउन विश्वास लिइएको छ । यद्यपि राजीनामा दिएका प्रधानमन्त्री पुनः सोही पदमा दोहोरिन सक्ने बताइएको छ ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँ अबको २१ महिनापछि हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न चाहन्छन् । तर, केही समयअघि भएको नगरस्तरीय निर्वाचनमा भने उनको पार्टीले पराजयको सामना गरिसकेको छ । त्यसले उनले अबको दुई वर्षका लागि नयाँ कार्ययोजना अघि सारेका हुन् । त्यसको लागि उनले नयाँ टिमसहित काम गर्ने योजना ल्याएको हुनसक्ने बताइएको छ ।

स्रोत :अलजजिरा

प्रतिक्रिया दिनुहोस्