क्वारेन्टाइनमा सर्प आतङ्क, एक युवकलाई टोक्यो

0
76

धनगढी : कैलालीमा क्वारेन्टिनमा बसेका युवकलाई सर्पले टोकेको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ को सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बसेका खुरखुरीयाका २२ वर्षिय युवकलाई शुक्रबार राती सर्पले टोकेको हो। उनलाई शनिबार बिहान मात्र सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो।

सेतीमा उपचार सम्भव नभएपछि नेपाली सेनाको सर्पदंश उपचार केन्द्र बढैपुर पठाईएको थियो। बढैपुरमा पनि उपचार सम्भव नभएपछि उनलाई अहिले नेपालगञ्ज लगिएको छ। उनको अवस्था गम्भीर रहेको क्वारेन्टिनमा रहेका करन साउँदले जानकारी दिए। उनीहरु २२ दिनदेखि क्वारेन्टिनमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्