नेकपामा फुट्ने चिन्ता, प्रचण्डले राजिनामा मागेपछि प्रधानमन्त्री बैठक मै आएनन्

0
263

काठमाडौं । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारको स्थायी समिति बैठकमा उपस्थित नरहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकपछि पत्रकारमाझ प्रस्तुत भएका प्रवक्ता श्रेष्ठले महासचिव विष्णु पौडेलमार्फत ओलीले बैठकमा सहभागी हुन नसक्ने सन्देश पठाएको जानकारी दिए । औलीले अरु नै काममा व्यस्त हुनुपर्ने भएकाले बैठकमा उपस्थिति हुन नसक्ने सन्देश महासचिवमार्फत  पठाएको श्रेष्ठको भनाइ छ । समय मिले आउछु भन्ने सन्देश समेत पठाएको भएपनि ओली बैठक अवधिभर नआएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

आजको बैठकमा भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा छलफल केन्द्रीत रहेको थियो ।  सो सो विषयमा स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, मात्रिका यादव, देव गुरुङ, गोकर्ण विष्ट, पम्फा भुसाल, बेदुराम भुसाल, रघुबीर महासेठ, भीम रावल, अष्ठलक्ष्मी शाक्यलगायत १८ जनाले धारणा राखेका थिए ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग वार्ताको प्रयास गरिएको भएपनि सकारात्मक नतिजा निस्कन नसकेको धारणा राखेका थिए । यस्तै उनले चीनले नेपालको भूमि मिचेको भन्दै खबरहरु आएपनि त्यसमा कुनै सत्यता नरहेको बैठकमा जानकारी गराएका थिए ।

अर्को बैठक भोलि बिहान ११ बजे बस्ने गरी आजको बैठक सकिएको छ।

तर भित्री कुरा अर्कै भएको नेकपा केन्द्रीय सदस्य नाम नभन्ने सर्तमा नागरिक डायरी डटकमसँगको कुराकानीमा भने प्रधानमन्त्री केपी ओलीको अहङ्कार बढेकोले प्रचण्डले राजिनामा दिन भनेका छन । पार्टी एक गरेर र प्रधानमन्त्रीलाई सहयोग गरेर गल्ती गरेको महसुस हुन थालेको प्रचण्डले बैठकमा कडा रूपमा धारणा राखेको बताए।  प्रधानमन्त्री केपी ओली तनावमा रहेकोले आज बैठकमा नआएको बुझिएको बताए।  प्रधानमन्त्री केपी ओलीले जसरी पनि एमसिसि पास गराउने कुरामा पनि प्रचण्ड असन्तुष्टि रहेको उनले जानकारी दिए । पछिल्लो पार्टी झगडाले कार्यकर्तामा निरासा छाएको भन्दै चिन्ता व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस्