आज खण्डग्रास सूर्यग्रहण : सूर्य ग्रहणमा के गर्ने, के नगर्ने

0
119

आज आषाढ कृष्ण औसी, खण्डग्राससूर्यग्रहण लाग्दैछ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ भने मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाँले बताउनुभयो । यस वर्ष नेपालबाट सूर्यग्रहण आजको मात्र रहेको समितिले जनाएको छ ।

वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । आजको सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिनेछ ।

आजको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताउनुभयो ।चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ ।

मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्छ ।

सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हदैन ।सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ । सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लवले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ ।

मेष – श्रीप्राप्ती,

वृष –  क्षति,

मिथुन – घात,

कर्कट – व्यय,

सिंह – लाभ,

कन्या – सुखम्,
तुला – माननाश ,

वृश्चिक – कष्ट,

धनु – स्त्रीपीडा,

मकर – सौख्यम्,

कुम्भ – चिन्ता ,

मीन -व्यथा

त्यस्तै यसरी आइतबारको ग्रहणको फल मेष, सिंह, कन्या, र मकर राशिलाई शुभ र अन्य राशिलाई अशुभ देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्