लकडाउनमा पनि एक मेनपावरले दियो पुरा तलब

0
196

काठमाडौँ : कोरोना भाईरसको सँक्रमण तथा जोखिम न्युनिकरणलाई ध्यानमा राख्दै नेपाल सरकारले लगाएको करिब तीन महिनाको लकडाउनको अवधिमा धेरै जनाको रोजिरोटी खोसिएको छ, प्राईभेट कम्पनी तथा संस्थाहरु पनि बन्द भएको कारण त्यस्ता संस्थामा काम गर्ने कर्मचारिहरुले त कठिन समस्या बेहोर्नुपरेको छ।

तर काठमाडौ-९ सिनामंगलस्थित रहेको ‘ निलकमल ह्युमन रिसोर्सेस ‘ नामक एक मेनपावर कम्पनिका स्टाफहरुले भने लकडाउनको बेलामा पनि त्यस्तो तलब नै नपाउने समस्या भने बेहोर्नु परेको छैन। यो महामारिको बेला लगाईएको बन्दाबन्दिमा पनि उनिहरुले आफ्नो पूरा तलब पाएका छन।

‘ निलकलम ह्युमन रिसोर्स ‘ का कार्यकारी अध्यक्ष तथा नेपाल बैदेशिक रोजगार सँघका सचिवसमेत रहेका मेघनाथ भुर्तेलले लकडाउनको बेलामा पनि आफ्नो स्टाफहरुलाई पूरा तलब दिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्