बिदेशमा अलपत्र नेपाली स्वदेश फर्किने प्रक्रिया शुरु, प्रधानमन्त्रीलाई बुझायो विदेशबाट नेपालीको उद्दार गर्ने खाका

0
361

कोरोना भाइरसको महामारीका वेला विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्दारका लागि सीसीएमसी–अप्सले बनाएको कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको छ ।

कार्य योजनाबारे बुधबार बसेको मन्त्रिपरिषद बैठकमा पनि छलफल भएको स्रोतले बतायो । सीसीएमसीका एक अधिकृतका अनुसार कार्ययोजनामा हवाई तथा स्थलमार्गबाट आउन सक्ने नेपालीको संख्यासहित उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा उल्लेख गरिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले केही अघि पृतनापतिहरुलाई आ–आफ्नो प्रदेशमा भित्रिन सक्ने नागरिकबारे विवरण पेश गर्न निर्देशन दिएका थिए । सोही अनुसार भएको रिपोर्टिङ र अन्य सुरक्षा निकाय समेतको रिपोर्टको आधारमा कार्ययोजना बनेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्