भारतको नयाँ रणनीती मधेशी नेता प्रयोग गरेर संबिधान संसोधन, राजपा र समाजवादी नेताहरुले शेरबहादुर देउवालाई भेटे

0
230

१० जेठ, काठमाडौं । पार्टी एकताको सहमति गरेका समाजवादी र राजपा नेपालका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।  भेटमा उनीहरुले संविधान संशोधन गर्दा मधेसको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको सरकारले संविधानको अनुसूची ३ मा रहको निशान छाप संशोधन गर्न विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । यही बेला आफूहरुले उठाउँदै आएको संविधान संशोधनको मागलाई पनि सम्बोधन गर्नुपर्ने राजपा र समाजवादी नेताहरुले बताएका छन् । भारतको नयाँ रणनीती अनुसार मधेशी नेता प्रयोग गरेर संबिधान संसोधनगर्न चाहेको   विश्लेषकहरु बताउछन। संबिधान संशोधनमा नयाँ नक्सासहितको निशान छाप पास गराउन गारो हुने गरि अगाडि बढ्ने संकेत देखिञ्छ ।

देउवालाई भएको भेटपछि राजपा नेता राजेन्द्र महतोले  भने, ‘अनुसूची संशोधन गर्ने प्रस्ताव ठीक छ । तर मधेसका जनताले उठाएका मागहरुलाई पनि प्याकेजमा सम्बोधन गरौं ।’

जवाफमा देउवाले पार्टी पदाधिकारीको बैठक राखेर छलफल गर्ने आश्वासन दिएका छन् ।

मधेस केन्द्रित दलहरुले नयाँ सविधान जारी भएदेखि नै संशोधनको माग गर्दै आएका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएको बेला संशोधन प्रस्ताव दर्ता पनि भएको थियो तर पास हुन सकेन । भारतले सबिधान जारी गर्ने बेला सात बुंदे प्रस्ताब राखेको थियो जुन राष्ट्रहित बिपरित थिए। अहिले संबिधान संशोधनमा सो अडान राखेर पेल्ने दाउमा भारत र मधेशी नेता अगाडी बढ्ने देखिन्छ। मधेशी नेताको प्रस्ताब कांग्रेसले कसरि लिन्छ हेर्न बाँकी छ। खेल हेर्दा भारतले नाकाबन्दी ताकाको जास्तो परिस्थिति मधेशी पार्टी आउने देखिञ्छ।

प्रतिक्रिया दिनुहोस्