कोरोना सङ्कटको सारथी मुरलीप्रसाद गजुरेल

0
227

बैशाख-२४, काठमाडौं  चितवन निवासी मुरलीप्रसाद गजुरेल समाजसेबी हुनुहुन्छ । हरेक समय आपत बिपतमा दुःखीहरूको सारथी उहाँले शिक्षा क्षेत्रमा छात्रवृत्ति कोष एक करोडको खोल्न सफल भै सक्नु भएको छ । अपाङ्गता, असाहय र जेष्ठ नागरिकहरूलाई बैशाखी र ह्वील चियर  वितरणमा पनि सक्रिय समाजसेवी गजुरेल खैरहनी नगरपालिका -८ पर्सा चितवन स्थानीय हुुनुहुुन्छ । अहिले विश्व महामारी भैैरहेको कोरोना सङ्कटका पनि अहोरात्र खटिनुभएको गजुरेलले हाल सम्म धेरै सङ्ख्यामा असाहयलाई खाद्यान्न दाल चामल सहयोग गरिसक्भनुएको छ। उहाँले जानकारी गराए अनुसार आगामी दिनमा पनि भरतपुरमा २ जना र रत्ननगरमा १ जना शारिरीक अवस्था अशक्त अपांगता भएका ३ परिवारजनलाई राहात सहयोग गर्नको  लागि  सम्पर्क गर्न आग्रह गर्नु भएको छ ।  राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका केन्द्रीय अध्यक्ष तथा चर्चित सामाजिक अभियान्ता निलकण्ठ पौडेलले मुरलीप्रसाद गजुरेलको प्रशंसा गर्दै हामी धेरै अपाङ्गहरूको अभिभावक हुनुहुन्छ भन्नुभयो ।
तृप्ति गौतम
नागरिक डायरी

प्रतिक्रिया दिनुहोस्