दम्भै दम्भमा अडिक सरकार

0
223

लेख  “दम्भै दम्भमा अडिक सरकार”

निर्बाचनबाट भारी मत ल्याइ गरिब जनता दुखी मजदुरको स्थायित्व बृद्धि जीवनस्थर बृद्धि शोसित पीडित मुक्तिका निमित्त सम्पुर्ण जनताको भारी मतबाट नेकपा जन्मियो । नेकपा पार्टी भित्रको सहकार्य एकता र भाईचारा सम्बन्धले जनतालाइ औधी खुसी तुल्यायको सर्वविदितै छ । सरकारलाई पुर्ण रूपमा संचालित गर्न देश भरिका गाउँपालिका , नगरपालिका , माहानगरपालिका , सबैमा पुर्ण रुपमा नेकपामय छ । यस अनुरुप सरकारका हरेक अङ्ग भित्र उसका सुसुचित बिचार सँगै सत्ता सन्चालन गर्ने निर्देशन जनताबाट पुर्ण रुपमा प्रदान गरेको छ । जनताको उल्लासमय सहभागिता अनुरुप देशका विषम परिस्थितीमा जनताको बफादार सिपाहीको रुपमा जनता सद्दैब देश र राजनीति छ्लाङ्गमा परिवर्तनको सम्बाहक भनी सयौ प्राणको आहुति दिएका घाइते बेपता सम्पुर्ण परिस्थितीमा देश शान्ति समृद्धीको दिशामा आसा छरेको इतिहासमा लेख भित्र लिपिबद्ध रुपमा दर्ज भएकोमा सर्वविदितै होला ।

यस देशको आर्थिक रुपान्तरण सहित आफ्नो देशको मुल्यमान्यता सहित न्यायोचित जनताको सुधार भित्र भने सरकार सदैव आलोचित बनिरहेको प्रष्ट देख्न सकिन्छ । नारामा आर्थिक जीवनस्थर सुधार भने पनि व्यवहार भित्र कुनै कुरामा आत्मासात गर्ने आधार देखा परेको छैन। यसको ज्वलन्त उदाहरण रुपमा कृषिप्रधानको आधुनिककरण, ब्यपार व्यावसायिको उचित मार्ग निर्देशन, प्रशासनलाई चुस्त दुरुस्तको सेवा सहित पारिश्रमिक अबस्था भित्र मुल्याकन , प्राबिधिक बिकास गर्ने जनशक्तिको उचित मुल्याकन सहित सुबिधा, दैनिकी ज्यालादारी सरकारी, प्राइभेट कर्मचारीको उचित ब्यबस्थापन सहितको मुल्याकन , शैक्षिकसँग जोडिएका जनशक्तिको उचित ब्यबस्थापन सहित शैक्षिक गुणस्तर सहित, उचित यस्ता अनगिन्ती समस्या निरुपण नगरी समृद्ध नेपाल सुखी नेपाली नारामा मात्रै सिमित यस नेकपाको सरकार चुकेको देखिन्छ ।

आर्थिक समृद्धि सहित विश्वले गतिलो फड्को मारेको अबस्थामा अनेक स्रोत साधन बाबजुद पनि इच्छा शक्ति र योजनामा सरकार ब्यक्ति भित्र गुट उपगुट निर्माणमा र एक बाट अर्को महत्त्वकान्छी स्वभावले आर्थिक भ्रष्टाचार लिप्त सगै आफुलाइ अब्बल साबित गर्दै जनता माझ अलोकप्रीयता भैरहेको देखिन्छ । यस विषम परिस्थिती माझ विश्व आतंक कोरोना भाइरसले सम्पूर्ण मानव जगतलाई कुना काप्चा भित्र थन्किएको अबस्थामा रोग सँग लड्ने क्षमता र जनता भित्र भएको पिरमर्कामा लागिपरिरहेको बिश्वका परिपाटी हुँदा नेपालको सरकारले सुटुक्क अध्यादेश मार्फत फुटाउ र राज गर नीति प्रस्तुत गरी अझ देश र जनतामा आफ्नो नाम कालो दिन बराबर सुचित गर्न उद्धत देखिन्छ ।

कानुनी विधि शास्त्रहरुले कानुनी सर्बोच्चता जनतामा निहित समुन्नत लोकतान्त्रिक मान्यता अनुरुप जोडिन्छ जुन जनतालाई न्याय दिए जस्तो हैन न्याय भएको अनुभूति हुनुपर्छ भन्ने मान्यतालाई सरकारले लत्याउदै जनतालाई सदैव निरंकुश शाशक रुपमा चित्रण गर्दै आफ्नो लोकप्रीयता दिन प्रति दिन नेकपाले घटाउदै गएको देखिन्छ । राजनितिक बिस्लेशक आर्थिक बिस्लेशक, कानुनी बिस्लेशकले पनि अतिरन्जित सरकारको रवैया बिरुद्ध सचेत भै राज्यसन्चालको मार्ग कोर्न ध्यानाकर्षण गरेको पाइन्छ । नागरिक अगुवा, समाजशेबी अभियान्ता आदिको चित्रण सहित उचित मुल्यांकन सहित सरकारीको नियत्रण भित्र नियमन सहित हौसला दिन सकेको देखिन्न । महामारी कोरोना आक्रान्त भोका निमुखाको रोजि रोटि बन्द भएको आज एक महिना बढी भैसक्यो यस अबस्थामा भोका जनताको जन्म घर लाने बाताबरण सहित पाखा उब्जाउ भुमी भित्र उत्पादनसँग जोड्ने। कलकारखानामा उचित सुरक्षा अपनाइ दैनिकी उत्पादनमा जोड्ने । कालाबजारी नियन्त्रण सहित उचित सुलभ सरकारी पसलको माध्यमबाट जनतालाई राहत प्रदान गर्ने । सुरक्षामा खटिएको आर्मी ,पुलिस ससस्त्र र उपचारमा खटिनु भएको डाक्टर नर्स स्वास्थ्यकर्मीलाई राज्यले उच्च मुल्याकन सहित सुबिधा बढाउने, जनताको प्रत्येकको स्वास्थ जाँच गर्ने किसानका उचित कृषिजन्य बस्तुको उचित ब्यबस्थापन दिने पुल बन्न सरकार यस परिस्थिती भित्र पनि चुकेको प्रष्ट देखिन्छ ।

एकाथरी नाचको ताल अर्को थरी भने झै सरकारको रवैया ठिक बिपरित दिशासँगै अल्पमत र बहुमत हिसाब किताबमा कित्ताकाडको दिशाले नेपालको नेकपाको गति लाई धमिलो पानीमा माछा मार्ने संज्ञा दिएका छ्नछन्  । यसरी अनेक तबरले हेर्दा नीति देखि नेतृत्व सम्ममा सत्ताको मोह हिजोको एकात्मक शैली सगै तानाशाही प्रवृत्तिको मानसिकता बिकास गरेको प्रस्ट देखिन्छ । आजको यस विषम परिस्थितिमामा माहामारी भित्र जनतालाई सुरक्षा प्रदान गर्ने अबस्था भित्र कुर्सी सुरक्षा गर्ने दाउमा कुद्नु लाई नेपाली राजनीतिको कालो दिनको रुपमा जनताले चित्रण गर्ने छ्न ।।
बिकल्प शर्मा (रन्जित )
कानुनी अध्यन बिध्यार्थी ।

प्रतिक्रिया दिनुहोस्