लकडाउन बैशाख ३० गते सम्म थप्ने तयारी; कृषि, निर्माण लगायतका क्षेत्रमा छुट दिइने

0
142

काठमाडौं, १३ वैशाख । सरकारले लकडाउन वैशाखभर गर्ने तयारी गरेको छ । यसको लागि कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक शुरु भएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा शुरु भएको बैठकमा लकडाउनबैशाख ३० गते सम्म १५ दिन थप्नेबारे छलफल हुने बुझिएको छ । सम्भवतः वैशाखभर लकडाउन गर्ने गरी निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगिने तयारी भएको छ । स्रोतका अनुसार कतिपय अत्यावश्यक सेवा सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाइने तयारी भएको छ ।

विभिन्न क्षेत्र छुट्याएर लकडाउनमा पनि अत्यावश्यक र जरुरी सेवाहरु संचालन गर्न दिने तयारी भएको छ । स्वास्थ्य सेवा, निर्माण सेवा, कृषि क्षेत्र, अत्यावश्यक सामाग्री उत्पादनका उद्दोगहरुलाई भौतिक दुरी कायम गरी संचालन गर्न दिने तयारी भएको हो । ढुवानीका सामान अहिले पनि ओसारपसार गर्न छुट छ ।

सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि शैक्षिक संस्थाहरु वैशाखभर नखुल्ने निश्चितप्रायः भएको छ । शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थललगायत आउँदो एक महिनासम्म खुल्ने सम्भावना न्युन छ । एसईई र विभिन्न विश्वविद्यालयका परीक्षाहरु कम्तिमा एक महिना पछाडि धकेलिने देखिएको छ

प्रतिक्रिया दिनुहोस्