ओलीजीबाट अक्षम्य अपराध भयो, नैतिकता सकियो- रामचन्द्र पौडेल

0
23

काठमाडौं, १३ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीतिमा मनी र मसलको बोलवाला हुन थालेकाले लोकतन्त्र नै संकटमा परेको बताएका छन् । यो प्रवृत्तिको अन्त हुनुपर्ने उनको तर्क छ । पछिल्लो समय समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र पाण्डे अपहरण प्रकरणलाई उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अक्षम्य अपराध भनेका छन् । यसै सेरोफेरोमा पौडेलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
प्रधानमन्त्रीले दुईवटैं अध्यादेश फिर्ता लिनुभयो कांग्रेसले कसरी लिएको छ ?
यो उहाँको अक्षम्य अपराध थियो । लोकतान्त्रिक संविधान, लोकतन्त्र, परिवर्तनलगायत राष्ट्रकै विरुद्ध थियो । उहाँले त्यसमार्पmत सत्तामात्रै सबै चिज हो । मुलुकलाई चाहीं अस्थिरतातिर लाने र मुलुकमा लुुट, हत्या, बलात्कार, अपहरण जे–जे भएपनि सत्ता चाहिं टिकिरहनुपर्छ भन्ने जुन खालको विकृत मानसिकता छ । त्यसलाई उहाँले चरम र निर्मम रुपमा प्रयोग गर्नुभएको थियो । अहिले आएर उहाँ चारित्रिक रुपमा घुडा टेक्न वाध्य हुनुभएको छ । तर, उहाँ आत्मैदेखि सुध्रिएको कुरा अभैm आएको छैन ।
प्रधानमन्त्रीले त अध्यादेश सही थियो तर पार्टीभित्र र प्रतिपक्षबाट विरोध भयो त्यसैले फिर्ता गरेको हुँ भन्नुभयो नि ?
हो, यस्तो खालका अभिव्यक्तिले गर्दा उहाँ अझै पनि सुध्रिने मानसिकता देखाइरहनुभएको छैन । केपी ओलीले आफ्नो नैतिकता र नैतिक धरातललाई सुधार्न सक्नुपर्छ । उहाँको नैतिक त्यतिबेलै सकिएको देखेको थिएँ, जुन बेला आफ्ना नैतिकवान कार्यकर्तालाई पाखा लगाएर मण्डले, कुण्डले, गुण्डागर्दी गर्नेलाई चुनावमा टिकट दिनुभयो । मनी र मसललाई नै ठूलो ठान्दै जानुभयो । मनी र मसलको भरमा राज्य चलाउने लाइनमा उहाँ पनि सामेल हुनुभयो । उहाँहरु दुई मतको धक्कु लगाउनुहुन्छ । तर, त्यो मतको पछाडि के छ भन्ने कुरा बिस्तारै उदांगिँदै आउँछ ।
प्रधानमन्त्रीले अहिले अध्यादेश ल्याउनु ठिक थियो भनिरहनुभएको छ, अर्काको दल फुटाउनको लागि सांसद् अपहरणको कुरा समेत आएको छ, यस्तो अवस्थामा कांग्रेस कहाँ छ ?
अब पनि नेपाली जनताले यही इतिहास दोहोर्याइरहने हो भने नेपालको लोकतन्त्र कहाँबाट सुरक्षित हुन्छ ? नेपाली नेताहरुको नैतिकता, चरित्रलाई हेर्दा मुलुकको अस्तित्वको सवालको कुरा आउँछ । देशकै उच्च ओहदामा बस्ने व्यक्तिहरुको संलग्नतामा अपहरण जस्ता काण्डहरु सुन्नामा आएका छन्, ती व्यक्तिहरुको एक–एक गरेर खानतलासी गरेर त्यसपछाडिको रहस्यलाई बाहिर उदिनेर ल्याउनुपर्छ । र, संलग्न व्यक्तिहरुलाई छानविन गरेर कडाभन्दा कडा कारबाही हुनुपर्छ ।
डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गर्ने सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठ हुन् भन्नुभएको छ, तपाईं के भन्नुहुन्छ ?
लाकतन्त्रको छत्रछायाँमा उहाँलाई जसरी सन्त्रास बनाएर ल्याइयो त्यसको इतिवृतान्तत उहाँले भनिसक्नुभएको छ । कसरी उहाँ त्रसित, आतंकित र भयभित हुनुहुन्थ्यो, कहाँनेर मलाई लगेर के गर्ने हुन् भनेर उहाँको कुन रुपको मानसिकता थियो । त्यो त उहाँबाटै प्रष्ट आइसकेको छ । उहाँलाई त पूर्ण रुपले अपहरण गरेर ल्याइएको थियो । उहाँलाई अपहरण गरेको कुरा यहाँ देखिइसकियो र सबैले थाहा पाइसेका छन् । यो पनि पहिला बालुवाटारको जग्गा फिर्ता गर्छुभन्दा माफी दिएको जस्तै हो । पहिला भ्रष्टाचार गर्ने अनि सबैलाई थाहा भएर पचाउन नसकेपछि मैंले त फिर्ता गरिदिएँ भने माझी मिनाहुने त्यस्तै खालको यहाँ पनि भइराखेको छ । त्यसकारण केपी ओलीले अहिले अध्यादेश फिर्ता लिएर मात्रै पुग्दैन । यो अध्यादेशसँगसँगै जोडिएर अपराध र अपराधजन्य प्रवृत्तिहरु, राजनीतिकलाई अपराधिकरण गर्ने प्रवृत्तिहरु यी सबैलाई अन्त्य गर्ने गरी उहाँ पखालिने, चोखिने, उहाँको पार्टीले पखाल्न, चोख्याउन सक्छ कि सक्दैन ? र उहाँको पार्टीमा फेरि पनि रातो झण्डा ओडेपछि सबै खाण्डहरु क्षम्य हुने अवस्था रहन्छ कि रहँदैन ? हाम्रो लडाँईँ त यो रातो झन्डा ओढेपछि सबै अपराध क्षम्य हुने विरुद्धको हो । जबसम्म मुलुकमा यस्ताखालका प्रवृत्तिहरु हराउँदैनन् तबसम्म लोकतान्त्र, कानुनी राज्य र विधाको शासन स्थापित हुँदैन । किन भने त्यस्तो अहिलेसम्मको अभ्यासमा देखिएको छ । फेरि यति ठूलो बहमुत प्राप्त गरेको पार्टी पनि भित्रभित्रै धरमराएर खुम्चिएको त देखियो नि ।
अहिले आएर सत्तापक्ष र पक्षतिबीच अध्यादेश फिर्ता गर्ने सहमति भएको हो ?
के सहमति भयो ? मलाई त थाहा छैन । अब नेपालमा ठालुतन्त्र होइन, लोकतन्त्र चाहियो । यो ठालुतन्त्रले गर्दा लोकतन्त्र कहाँगयो, कहाँगयो ।
हिजो बालुवाटारमा त केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड बसेर छलफल गर्नुभयो नि ?
उहाँहरु सबेर के छलफल गर्नुभयो । केमा सहमति भयो, त्यसले नेपालको राजनीतिमा कति सुदृढिकरण भयो । नेपालको राजनीतिलाई यस्तै बेलामा हो, सबैखाले फोहरमैलाबाट सफा गर्ने ।
त्यो गर्न नेतृत्वमा हिम्मत र साहस चाहियो नि ?
देश बचाउने र मुलुकलाई डेमोक्र्याटिक ढंगले अगाडि बढाउने हो भने त्यो साहस र हिम्मत गर्न सक्नुपर्छ ।
सांसद अपहरण काण्डमा कारबाही हुनुपर्छ भन्ने तपाईंको माग हो ?
योसँगसँगै जोडिएर धेरै आपराधिक मनोवृत्तिहरु आएका छन् । यो घटना हेर्दा सानो जस्तो देखिन्छ । त्यसमा ‘र’ को सट्टा ‘वा’ राखिएर गरिएको छ । त्यसरी र को ठाउँमा वा राख्दा नेपालको राजनीतिमा कति भड्खारो पुर्यो । नेपालको लोकतन्त्रमाथि कति क्षति पु¥यो । यसको सारा विश्लेषण त हुनुपर्छ आजको यत्रो चेतनशील समाजले । अब नेपाललाई सही दिशातिर कसरी लाने र लोकतन्त्रलाई कसरी व्यवस्थित गर्ने ? यही बेला राष्ट्रिय बहस चल्नुपर्छ ।
बहस बिहानदेखि बेलुकासम्म चलाउने मान्छे म हो ?
तपाईंले पनि चलाउनुहोस् । अरु बुद्धिजीवी, सञ्चारर्की, मानवअधिकारवादी र कम्युनिस्ट पार्टीभित्र पनि राम्रो विचारवान मान्छे छन् भने तिनीहरुले बहस चलाउन् । सबै तहतप्काबाट आर्थिक, सामाजिक र बौद्धिक रुपले बहस चलाएर नेपाललाई कस्ता शासनबाट अगाडि बढाउने ? शासनको चरित्र कस्तो हुनुपर्ने हो ? ती कुराको यही बेला खोजीनीति हुनुपर्छ । यही बेला बहसले एउटा रुप र आकार लिनुपर्छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिमा पनि यो यस्ता विषयमा बहस र छलफल हुन्छ ?
हाम्रो पार्टीको बैठक पनि बस्ने त्यहाँ छलफल पनि हुन्छ । हामी पनि हाम्रोभित्र सुधारको अभियानमा छौं ।
तपाईंको पार्टीभित्र सुधारको कल्पना गर्न सकिन्छ ?
परिवर्तन र सुधार भन्ने कुरा अक्षर र कागजमा मात्रै भएर हुँदैन । आधारभूत परिवर्तन आजको नेपालको आवश्यकता हो ।
तपाईंको पार्टीभित्र आधारभूत परिवर्तन हुन्छ ?
अहिले त्यसैको लडाँईं छ ।
कांग्रेसमा त जोसँग पैसा उसैले जित्छ नि ?
हो, यही हो । जोसँग गुण्डा छन्, जोसँग तिकडम छ, जोसँग सामदाम दम्भभेद छ । त्यस्ताले मात्रै चुनाव जित्ने र ढलीमली गर्ने हो भने डेमोक्रेसीको के मतलब भयो । त्यहाँभित्र त्याग र आदर्शको के मतलब भयो ? समाजसेवा र निमुखालाई न्यायको के अर्थ भयो ?
राजनीति भनेकै मनी मसल भन्ने आइसकेको छ नि नेपालमा त ?
हो, त्यसलाई अन्त्य गर्न सकियो भने मुलुक र लोकतन्त्र बँचाउन सकिन्छ । नभए यो मुलुक कहाँ बच्छ ?
त्यसोभए प्रधानमन्त्रीले अध्यादेश फिर्ता गरेर राम्रो काम गर्नुभयो भन्ने कांग्रेस पुगेको हो ?
यो फिर्ता लिएर एकदम पछाडि हट्नुभयो । त्यतिले मात्रै पुग्दैन । यो कदमसँगै आएका नियती र चरित्रहरुलाई यही बेलामा करेक्सन गर्ने कि नगर्ने ?
नेतृत्वभित्रको करेक्सनको कुरा गर्दा त कांग्रेसले पनि गर्नुपर्यो नि ?
सबैले गर्ने हो । हामी त्यसमा तयार छौं ।
देशमा लकडाउन छ, मजदुर, श्रमिकहरुले खान पाएका छैनन् नेताहरुको ध्यान कहाँ गएको छ ?
त्यो स्थिति सिर्जना भएको यस्तै चरित्रहरुले गर्दा न हो । पहिलो कुरा त अब देशले खाँटी लोकतन्त्र प्राप्त गर्नुपर्छ । यस्ता अलोकतान्त्रिक चरित्रको उदय हुँदासम्म नेपाली समाजले कहिल्यै लोकतन्त्रको अनुभूति गर्न पाउँदैन ।
त्यसोभए अहिले लोकतन्त्र नेपालमा छैन ?
असली लोकतन्त्र नेपालमा आएकै छैन । यहाँ त अहिले लोकतन्त्रको नामा ठालुतन्त्र मात्रै छ । त्यसलाई लोकतन्त्रमा रुपान्तरित गर्ने लडाईंं हो आजको लडाईं ।
तपाईंले लोकतन्त्रको चौधवर्ष अगाडि नै लडेको होइन ?
पटक–पटक त्यत्रो लडाईं लड्दालड्दै पनि आज पनि लोकतन्त्र यति कमजोर किन देखिँदै छ ? सत्ता र संसद्को बहुमत किन कमजोर हुँदैछ ? बाँस बाहिर शरीर जति रसिलो र रिष्टपुष्ट भएपनि भित्र खोक्रो हुन्छ भन्ने सिद्ध भएन त अहिले ।
लकडाउन खुकुलो पार्नुपर्छ भन्नेमा तपाईको के धारणा छ ?
लकडाउनको विषयमा विवेकपूर्ण विधिको प्रयोग गर्नुपर्छ । त्यसको लागि गम्भीर अध्ययन गरेर कहाँ–कहाँ रोक्ने हो ? कहाँकहाँ अलि खुकुलो गर्ने हो ? त्यसको बिबेक बुद्धिलाई कसरी प्रयोग गर्ने हो । यसमा शहरमा एकखालको बिबेको प्रयोग हुनुपर्छ । गाउँ र कृषिक्षेत्रमा अर्को खालको बिबेक प्रयोग हुनुपर्छ । जसको कारणले किसानहरुले उत्पादन गरेको खाद्यान्न षडेर नजाओस् । उनीहरुले पालेका भैंसीको दुध सडकमा ल्याएर रेल्नु नपरोस् । त्यसैगरी साना किसानका कुरा छन् । शहरबजारमा पनि उद्योग, व्यवसाय व्यापारका कुरा छन् । सबैतिर एउटै खालको लकडाउन गरेर हात बाँधेर, खुट्टा छोडेर त बस्नुभएन नि । यो लकडाउनलाई विवेकपूर्ण र व्यवहारिक हिसाबले प्रयोग गर्नुपर्छ । लकडाउनलाई पनि बँचाउनुपर्छ । बाहिरबाट आउने खतराहरु देखिएको छ । भारतबाट आउने खतरा पनि त्यत्तिकै छ । त्यसकारण लकडाउन त गर्नुपर्छ । तर सबै अर्थतन्त्र, किसान र श्रमिकहरु ढाँड भाँचिने गरी गर्नुभएन नि ।
बागमती प्रदेशका जनप्रतिनिधिहरुले दैनिक जीवीकाको लागि बिजुली, पानी, ढुवानीलगायत सेवासुविधा पनि राज्यको ढुकुटीबाट लिन थालिसके यो ठीक छ ?
अहिले त भयानक ठूलो पक्षपातको शासन नेपालमा चलिरहेको छ । मलाई दिनकादिन रिपोर्टहरु आइरेका छन् । कम्युनिस्ट पार्टीका हौं भने राहत पाउँछौं नत्र दिन्नौं भन्छन् हामीले खान पाएनौं भनेर दिनकादिन साथीहरुले फोन गर्नुभएको छ । राहतमा पनि राजनीति आग्रह, पूर्वाग्रह गरिएको छ । उनीहरुले जितेका वडा, नगर र गाउपालिकाहरुमा सबै राज्यको ढुकुटी दोहन गरेर सुविधाहरु लिएका छन् । अर्कोे पार्टीले जितेको ठाउँमा त्यही सुविधा पुगेको छैन । राहत पनि पार्टी र कार्यकर्ता हेरेर दिइएको छ । यसरी पक्षपातपूर्ण व्यवहारले राज्य चल्छ ? यसरी पक्षपातपूर्ण ढंगले गरिएको अन्यप्रति घोर आपत्ति छ । सबैलाई समान ढंगले न्याय हुनुपर्छ । बहुमतमा पुगेँ भन्दैमा ब्रम्हा, विष्णु, महेश होइन । त्यो त डेमोक्रेसीमा सबै बराबरमध्ये एक नम्बर र दुई नम्बर हुने मात्रै हो ।
तपाईंको पार्टीभित्र पनि डेमोक्रेसी हुनुपर्यो नि, त्यहाँ त सभापतिले जे भन्यो त्यही हुन्छ ?
अहिलेसम्म हामीले करेक्सन गर्ने भनेको यही त हो नि ।
कसरी गर्न सक्नुहुन्छ ?
अरुलाई बदल्न चाहनेले पहिला आफै बदलिनुपर्छ भन्ने भनाइ छ । त्यसमा भनिएको छ, ‘समाजलाई बदल्न चाहन्छौं भने पहिला तिमी आफू बलिअ ।’
पहिला कांग्रेसका नेताहरु सुध्रिनुपर्यो नि ?
हामी सुध्रिने अहिलेको अभियान त्यही हो ।
त्यसमा सफलता प्राप्त गर्न सक्नुहुन्छ ?
त्यसमा सफल भइएन भने नेपालमा डेमोक्रेसी र लोकतन्त्रकै लागि ठूलो अनिष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्