माटो सुहाउदो भूमिमा नेपाली युवा जोडौं

0
174

लेखक:-  बिकल्प शर्मा (रञ्जित), काठमाडौं , 

ब्यबस्थापन संकाय र कानूनका  बिध्यार्थी

       “माटो सुहाउदो भूमिमा नेपाली युवा जोडौं

नेपाल प्रकृतिमय देश भनेर विश्वसामु चिनिन्छ । जहाँ अनेक प्रकारका प्रकृति जडिबुडी ,रुख बिरुवा, जिबजन्तु , चराचुरुङ्गी , किरा फटयांग्रासगै मानवीय चेतनसिल प्रकृतिको काखमा हामी हुर्केका छौ ।। यसलाई नै नेपाल प्रतिको आकर्षण बिन्दु मानिन्छ । यहाँ को कला सास्कृतिक जातजाती भाषा  भेसभुसामा पनि बिबिधिकण रहेको छ । आफ्नो मुल्य मान्यतामा पनि अब्बल छौ । ठुलालाई आदर साथीभाइमा भाइचारा सहयोग साना लाई माया सगै समुहिक पारिवारिक भेट्घाट र पारिवारिक सहयोग दैनिकी हाम्रो मानबिय कर्म  सस्कार रहेको छ

बिकासको गतिमा फड्को मार्ने हिसाबले प्रबिधिसँग नाता कायम राख्ने गति सिक्ने सिकाउने आधुनिक प्रणाली अपनाउने दिशामा उद्दत हाम्रो गाउँ समाज रास्ट्र अघि  बडेको देखिन्छ । आफ्नो जीवनकालमा माटोमा हुर्किने प्रकृतिसँग रम्ने खालको प्रबिधिको  बिकासमा लम्कने गतिमा त्यही अनुरुप शिक्षाको उज्यालो दिन तमाम शिक्षक बर्गहरुको नीति निर्मातामा रास्ट्रको ध्यान जान जरुरी छ । पर्यटनको दिशा कन्दमुलको उचित प्रशोधनमा आत्मानिर्भर हुने दिशा अवलोकनकर्ता स्रोतकर्ता प्रसोधन्कर्ता उत्पादित मुल्यांकनको उचित मार्ग आफ्नै देश ले अबलम्बन गर्ने दिशा को नीति बसाल्नु पर्दछ । जस्ले आफ्नो प्राकृतिक काखमा हुर्केर देश को माया सगै बाताबरणको उचित दोहन हुन बाट रोकिन्छ । आर्थिक स्वाबलम्बी हुने दिशाले भ्याकुतो गतिमा फड्को मार्छ ।

आम नेपालीको खानपानले दैनिकी अबस्था गुजार्न राज्यको नीति निर्माण गर्ने पक्षको दुरदर्शिताको कमिले भौतारिदै अरुको नोकरी चाकरीका लागि दैनिक हजारौ बिदेसिन बाध्य नेपालीलाई विश्वको कुनाकाप्चा भित्र बस्दै गर्दा यस विषम परिस्थिती बिच कोरोना माहामारीले नेपाली माटोको माया सगै आफ्नो खानपान गुन्द्रुक ढिडोको यादले पिरोल्दै आफ्नी आमाको काखमा पुगेसरी नेपाल आउन तत्पर नेपालीलाई राज्यले उचित ब्यबस्था सहित नेपाल भित्राउन जोड्दार आह्वान गर्दछौ ।

प्रबिधि बिकाससँग जोड्ने आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुर्याउने गतिलो मार्ग सरकार जनता सबैमा नङ्ग मासुको सम्बध हुनेमा दुई मत नहोला । आजको विषम परिस्थितीमा तमाम बर्ग समुदायले भावनात्मक सहयोग र उर्जा सिर्जनात्मक दिशामा आफ्नै पौरख आफ्नै ठाउँमा लगाउ भन्ने तमामको भावना समेटिएको देखिन्छ । यसले गर्दा नेतृत्व सन्चालन गर्ने बर्गले अब आफ्नो पाखा पखेरी मा हुर्किने आत्मानिर्भर हुने पोलिसी मेकानिजमको बिकसित दिशा दिने  योजना तयार पार्नु आज को आबस्यकता हो ।

प्रतिक्रिया दिनुहोस्