धनगढीमा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीयले गरे आक्रमण

0
243

धनगढी : लकडाउनकै क्रममा पनि भारतबाट छुुकिछिपी आउने क्रम नरोकिएपछि सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ।

धनगढी उपमहानगरपालिका– २ मन्दिरघाटमा खटिएका सशस्त्र प्रहरीमाथि मंगलवार सीमावर्ती भारतीय गाउँ बनगाँउका स्थानीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन्।

आक्रमणबाट एक जना सशस्त्र प्रहरीको आँखामा चोट लागेकोमा उनी गेटा आँखा अस्पतालमा उपचारपछि घर फर्किएका छन्। सशस्त्र प्रहरीमाथि आक्रमणको कारण भने खुलेको छैन्।

प्रतिक्रिया दिनुहोस्