दुई परोपकारी सस्थाबाट अशक्त असाहयहरूलाई भोजन र राहत बितरण

0
43

बैशाख-२, काठमाडौं  नेपाल शान्ति स्काउट र उपकार सेवा नेपालको संयुक्त सहकार्यमा लकडाउनकोको पहिलो दिन देखि नै उपत्यकाको विभिन्न क्षेत्रमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने, घरबार विहिन, अशक्त र अनाथालयहरुमा रहेका व्यक्तिहरुलाई निरन्तर रुपमा खाना खुवाउने कार्य गर्दै आइरहेको छ । कोरोना भाइरसको प्रकोपले नेपालमा समेत प्रभाव पारी धेरै व्यक्तिहरुलाई खाना खान समेत नसक्ने परिस्थिति आइपर्दा ४० जनालाई खाना खुवाएर सुरुवात गरिएको यस अभियानबाट हाल दैनिक १००० जना भन्दा बढि व्यक्तिहरुलाई निरन्तर उहाँहरु रहनु भएको स्थानमा नै पुगेर खाना र खाजाहरु वितरण हुदैँ आइरहेको लकडाउन अवधिभर निरन्तर खाना वितरण गरिने जानकारी सम्पूर्ण महानुभावहरुमा अवगत गराउदछौँ ।

आज १९ दिनसम्म आईपुग्दा उपत्यकाको मुख्य ३ वटा क्षेत्रमा खाना पकाएर छिटोछरितो तरिकाले भोका व्यक्तिहरुसम्म पुय्राउने उदेश्यले काठमाडौको नयाँ सडक, ज्ञानेश्वर र गौशालाबाट खाना बनाउने गरिएको छ ।
आज नेपाल शान्ति स्काउट र उपकार सेवा नेपालद्धारा उपत्यकाका विभिन्न ५० स्थान तथा ट्रामा सेन्टर, कान्ति बाल अस्पताल र टिचिङ्ग शिक्षण अस्पतालमा बिहान र बेलुका गरि असहाय १०० जना व्यक्ति तथा विरामीहरुका साथै कोटेश्वरमा अवस्थित ५० जना मजदुरलाई खाना खुवाउदै आइरहेका छौ ।
यसै क्रममा स्काउटले उपत्यकामा रहेका जनावर, पशुपक्षिंहरुको समेत खानाको व्यवस्था गर्न लकडाउन को पहिलो दिनदेखि नै विहान ५ बजेदेखि नै स्काउटका स्वयंसेवक , स्काउट माष्टर तथा स्काउटहरुको सक्रियतामा गहुँ, बिस्कुट, खानाहरु भित्रि र बाहिरी चक्रपथ क्षेत्र, पशुपति क्षेत्र, स्वयम्भू क्षेत्र, असन बसन्तपुर, थापाथली लगायत ५० भन्दा बढि क्षेत्रहरुमा वितरण गर्दै आइरहेका नेपाल शान्ति  स्काउटले नाागरिक डायरी डटकमलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस्