विरगञ्जमा लुकेर बसेका १९ भारतीय मुस्लिम पक्राउ

0
14

पर्सा, चैत ३० । वीरगन्जको जामे मस्जिदमा लुकेर बसेका भारती मुस्लिम जमातीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका मध्ये दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ तीन जना वीरगन्जका मुस्लिम धर्म गुरु र भारतबाट पाहुना आइ बसेका अन्य चारसहित २६ जना रहेका छन् ।

नियन्त्रणमा लिएका उनीहरुलाइई श्रीपुरस्थित सिद्धार्थ माविमा रहेको क्वारेन्टाइनमा राखिएको छ । प्रहरीले उनीहरुलाई छपकैयाको मस्जिद, घुसुकपुरको मस्जिदबाट नियन्त्रणमा लिएको जनाएको छ ।

यसअघि गत शुक्रबार साँझ छपकैयाकै मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जनामा कोरोना पुष्टि, भइसकेको छ ।

पक्राउ परेकाहरुले आफूहरु दिल्लीको तबलगी जमातमा सहभागी भइ तीन महिना पहिलेदेखि नै धर्म प्रचारका लागि नेपाल आएको प्रहरीलाई बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्