संकटमा समस्याको साथी नै एक अपाङ्ग ब्यक्ति,लकडाउनमा रिचार्ज कार्ड सहयोग

0
257

काठमाडौं, चैत २८, फेसबुकमा एउटा स्टाटस देखियो रिचार्ज कार्डको समस्या भए भन्नुहोला निशुल्क सहयोग गर्नेछु ।
 धन भएर होइन, मन भएर हो”  यो फेसबुकमा पोष्ट गरेका थिए  निलकण्ठ पौडेल, उनी राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता रूपमा परिचित छन् । उनी शारीरिक रूपमा अपाङ्ग छन ।

उनको फेसबुकमा धेरैले फोन सम्पर्क गर्न कठिन भएकोले मलाई रिचार्ज गरिदिनु भन्दै एक सय देखि पाँच हजारसम्म माग गरेको उनको फेसबुकमा कमेन्ट देख्न सकिन्छ । उनले कोरोना भाइरसबाट आक्रान्त पीडित अपाङ्गता भएका र अन्य सबैलाई २५ रूपैयाँ देखि १०० सम्म रिचार्ज दिएको उनले बताए । अपठ्यारोमा परेका र नपरेका सबैलाई इसेवाबाट रिचार्ज गरिदिएको उनी बताउँछन

जब रू ४५०० रिचार्ज गरे त्यसपछि उनले लकडाउनको समयमा समस्या परेका अपाङ्गता भएका व्यक्तिहरुको लागि मात्र भनेर बाँकी सहयोग रकम अपाङ्ग अनाथ आश्रम सतुङ्गल काठमाडौंलाई दिने भनेर फेसबुकमा अर्को पोष्ट गरे ।

नागरिक डायरीले सोध्यो तपाई आफै अपाङ्ग हुनुहुन्छ, यो लकडाउनमा समस्या तपाईंलाई पनि पर्छ तर पनि रिचार्ज सहयोग गरिरहनु भएको छ किन?

उनी भन्छन्, ” मैले रिचार्ज सहयोग गरेर कति नै पुग्छ र, तर दुरदराजका अपाङ्गता भएका व्यक्तिहरुको लागि रिचार्ज किन्न समस्या परेको हुनसक्छ । हामी अपाङ्गहरूलाई सबैभन्दा ठूलो सञ्चार हो । भनेर नै रिचार्ज सहयोग शुरू गरे समस्या परेका अरू साङ ब्यक्तिहरूलाई पनि रिचार्ज सहयोग गरिदिए । माग धेरै र बजेट कम भएपछि रिचार्ज सहयोग रोके उनी भन्छन ।

त्यसपछि नागरिक डायरी डटकमले उनको बारे खोज अनुसन्धान गर्दा उनले बाढीपीडितहरूलाई दुई बर्ष अगाडी चितवनको माडीमा एक लाख पचास हजार राहत वितरण गरेको, अपाङ्गता भएका व्यक्तिहरुको लागि र अन्य धेरै जनताको लागि सहयोग अभियान र कार्यक्रम गरेको उनको फेसबुक , वेबसाईट, युट्युबमा देख्न पाइन्छ ।

बास्तबमा उनको अपाङ्ग शरिर  सहयोगी मनले सबैलाई प्रेरणा दिएको देखिन्छ

नागरिक डायरी डटकमको लागि सुरेन्द्र गौतम , पोखरा

प्रतिक्रिया दिनुहोस्