कोरोना विरुद्धको अभियानमा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई १५०० भत्ता

0
26

काठमाडौँ, २४ चैत ।  सरकारले कोरोना रोग विरुद्धको अभियानमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रति पटक १ हजार ५ सय रुपैयाँ भत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसले नियम पालना गरे नगरेको अनुमगन गर्ने तथा कोरोना नियन्त्रण सम्वन्धी कार्यमा सहयोग गर्ने जिम्मेवारी दिइएको छ ।

यसअघि हिजो बसेको कोरोना नियन्त्रण सम्वन्धी उच्चस्तरीय बैठकले देशभर रहेका ५० हजार महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सहभागी गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्