कूटनीतिक नियोगको गाडी चढेर कालोबजारी गर्ने अग्रवाल पक्राउ

0
149

काठमाडौं, २५ चैत्र । शंकर ग्रुप तथा जगदम्बा स्टीलका मालिक सुलभ अग्रवाल पक्राउ पारेका छन् । आज दिउँसो प्रहरीले अग्रवाललाई न्यूरोडबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अग्रवालमाथि ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको अभियोग छ । अग्रवालको साथबाट ६७ थान थर्मल गन बरामद गरेको एक प्रहरी अधिकृतले बताए । अपराध महाशाखाका अनुसार अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खाजेका थिए ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए । अग्रवालले कूटनीतिक नियोगको गाडी दुरुपयोग गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताए ।

अग्रवाललाई अहिले अपराध महाशाखा लगिएको छ । एसएसपी थापाले भने, ‘थर्मल गन बाहेक अन्य स्वास्थ्य सामग्रीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्