नेपालमा एक पर्यटकमा कोरोना सङ्क्रमण

0
523

काठमाडौं-८ चैत्र

काठमाडौं घुम्न आएका स्कटल्याण्डका  पर्यटक एक साता ठमेलमा बसे त्यसपछि उनी केही दिन आघि नाम्चे बजार घुम्न गए । उनी अकस्मात् विरामी परे लगत्तै टानले हेलिकप्टरबाट उद्धार गरेकोअपुष्ट खबर आयो । उनलाई कोरोनाको लक्ष्यण देखिए पछि टेकु अस्पतालमा उपचार भइरहेको नागरिक डायरी डटकमलाई  खबर आयो ।

थप जानकारी लिन पर्यटन मन्त्रालयका घनश्याम उपाध्यायलाई फोन गर्दा उनी केही भन्न चाहेनन् र टेकुमा बुझ्नु भने । तर टेकु अस्पतालमा सर्वसाधारणलाई दिएको सम्पर्क नम्बर 9851239988, 9851168220 मा फोन उठेन ।

हाम्रो कन्सर्न के हो भने सरकारले कोरोना भाइरस जस्तो कुरामा सत्यतथ्य नलुकाओस । सरकार उपचारमा लापर्वाही नगरोस भन्ने हो । टेकु अस्पतालमा फोन उठ्दैन । विरामीले कसरी लाभ लिने । अपुष्ट सूचना  खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्