अपाङ्गता भएकाहरू राष्ट्रको इज्जत हुन्-राजदूत ढकाल

0
154
अवुधावी यूएई,  अपाङ्गता भएकाहरू राष्ट्रको इज्जत भएकाले उनीहरुको रेखदेख, पालनपोषण र सम्मानजनक  सहभागिता गराइनुपर्नेमा यूएई अवुधावी स्थित नेपाली दुतावासमा आयोजित एक कार्यक्रममा राजदुत कृष्ण प्रसाद ढकालले जोड दिएका छन् ।
           राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा २९ डिसेम्बर २०१९ देखि ३ जनवरी २०२० सम्म यूएईका भिभिन्न शहरहरु दुबई र अवुधावीमा आयोजना गरिएको Global peace on art and culture कार्यक्रम र visit Nepal 2020 प्रमोसन कार्यक्रममा उक्त कुरा बताएका हुन् । केन्द्रका अध्यक्ष निलकण्ठ पौडेलले राष्ट्र चिनाउन विश्व भ्रमण गरिरहेको बारे प्रशंसा गर्दै राजदूत ढकालले शुभकामना दिएका छन । कार्यक्रममा राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष निलकण्ठ पौडेलले शान्तिको दुतको रूपमा नेपालको कला संस्कृति बुद्ध सन्देश विश्वभर फैलाउन विदेश यात्रामा निस्केको भन्दै सहयोगको आह्वान गरेका छन् ।
                         कार्यक्रममा निलकण्ठ पौडेलको नेतृत्वमा प्रेम गिरी, अनुप पौडेल, सागर न्यौपाने, सुर्य थापा, हरि बहादुर तामाङ र हिरामणि लम्साल सो अभियानमा सहभागी भएका थिए ।
नागरिक डायरीका लागि तिर्सना कटुवाल, दुबई
प्रतिक्रिया दिनुहोस्