कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडीमाथि आगजनी

0
24

कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडीमाथि आगजनी भएको छ । शनिवार राती मायादेवी गाउँपालिकाका प्रमुख बजरंगी चौधरी चढ्दै आएको गाडीमाथि आगजनी भएको हो ।

लु. १ झ ४०० नं. को सरकारी गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सदरमुकाम तौलिहवा स्थीत उनको भाडामा लिइएको निवास परिसरमा पार्किङ गरेर राखेको गाडीमा राती करिब साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

उक्त गाडीमा कसले र किन आगजनी गर्‍यो थाहा हुन नसकेको र घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

गाडीमा आगजनी भएपछि कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाएको थियो । आगजनीबाट गाडी जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्