एनआरएनए कोरियाको उपाध्यक्षमा संजिब राईको उमेदवारी

0
168

 

ईश्वर राई

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको उपाध्यक्ष पदमा संजिव राईले उम्मेदवारी दिएका छन् ।

न्यू भिजन ग्रुप दक्षिण कोरियाको अध्यक्ष साथै उदयपुर सेवा समाज र एनआरएनए किम्हे लगाएतका संस्थामा बिगत ७ बर्ष देखी रहि दक्षिण कोरियामा सामाजिक कार्यमा गरिरहेका छन ।

आईतबार किम्हे बुसानमा भएको भेलाले राईलाई ख्याङ्सन किम्हे बुसान मासान र मिर्याङ उल्सान लगाएत दक्षिणी भेगको साँझा प्रतीनिधिको रुपमा सर्बसम्मतले उपाध्यक्षमा पठाउने निर्णय गरेका राईले बताए ।

मलाइ यो भेगका साथीभाइले सर्वसम्मत रूपमा पठाउनु भएको छ । हामी सउल क्षेत्रका सबै मिलेर काम गर्दै आएका छौँ र आगामी दिनमा पनि मिलेर काम गर्नेछौं । मैले दक्षिण कोरियामा रहेका नेपालीहरुमा रहेको एनआरएनए प्रतिको बितृष्णा मेटाउदै नेपाली कामदारहरूको हकहितमा काम गर्नेछु । तेसैले सम्पुर्ण कोरियाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले आफ्नो मताधिकारको प्रयोग गर्दै सबल र सक्षम नेतृत्व चयन गर्न सहयोग गर्नु हुनेछ भन्ने मलाई लागेको छ उनले भने ।

गैरआवासीय नेपाली संघको विधान अनुसार एक जना वरिष्ठ उपाध्याक्ष र तीन जना उपाध्यक्ष हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्