मलेसियामा २५ औं विश्व आदिवासि दिवस भब्य कार्यक्रम गरि मनाउने !

0
24

मलेसिया – नेपाल आदिवासी जनजाति महासघं मलेसियाले यहि अगष्ट ११ तारीख २५औ आदिवासी दिवस मलेसिया स्थित नेपाली राजदुतावासको हलमा एक भब्य कार्यक्रम गरि मनाउने भएकोछ ।

उक्त कार्यक्रममा नेपाली राजदुतावास, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र बैदेशिक रोजगारमा रहेका नेपालीहरुको उपस्थिति रहने छ ।

कार्यक्रममा मलेसियामा रहेर समाज र राष्ट्रको लागि योगदान पुय्राउने आदिवासी जनकाति समुदायका खेलाडि, कलाकार, लेखक तथा साहित्यकार, पत्रकार र समाजसेवीहरुलाई सम्मान गरिने ।

साथै आदिवासी जनजातिहरुको संस्कार र संस्कृति झल्कने जातिय झाकी पनि प्रस्तुत हुने नेपाल आदिवासी जनजाति महासघं मलेसियाका महासचिव सबिन लोप्चनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्