विश्व शान्तिको सन्देश सहितको नेपाली टोली कम्बोडिया जाने

0
208

काठमाडौं, आषाढ २४ गतेः लुम्बिनी विश्व शान्ति मञ्च र राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको आयोजना र सगंकर ग्यालरी, कम्बोडियाको संयोजनमा कम्बोडियाको बटामबङ्ग शहरमा ‘लुम्बिनी विश्व शान्ति प्रदर्शनी २०१९’ को आयोजना हुने भएको छ । आगामी जुलाई १९ र २० तारिख (श्रावण ३ र ४ गते, २०७६) मा बुद्ध जन्मस्थल लुम्बिनीमा कोरिएका गौतम बुद्धको जीवन र दर्शनका साथै विश्व शान्तिको सन्देश सहितको कला तथा नेपाली कलाकृति झल्कने सामाग्रीहरु कम्बोडियामा प्रदर्शनी गरिने लुम्बिनी विश्व शान्ति मञ्चका विश्व संयोजक तथा राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रमा अध्यक्ष निलकण्ठ पौडेलले जनाउनु भयो । कार्यक्रममा नेपालका तर्फबाट डि.बराल,  राजु विश्वकर्मा,  दिपक कुमार विक, काम राज मगर लगायत छ जना कलाकारहरु सहभागी हुने पौडेलले जानकारी दिनुभयो ।
सन् २०२५ सम्म विश्वका २५ वटा देशमा ‘लुम्बिनी विश्व शान्ति प्रदर्शनी’ को आयोजना गरिने लुम्बिनी विश्व शान्ति मञ्चमा अध्यक्ष तथा संस्थापक बासु गौतमले बताउनु भयो । सन् २०१८ मा यो प्रदर्शनी संयुक्त अरव एमिरेट्सको दुवई र भारतको सांस्कृतिक शहर वाराणसीमा आयोजना गरिएको थियो । हाल सम्म यो प्रदर्शनी फ्रान्सको पेरिस, जापानको टोकियो, चेक रिपब्लिकको प्राग र दक्षिण कोरियाको राजधानी सोलमा सम्पन्न भैसकेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
सन् २०१९ र २०२० मा ‘लुम्बिनी विश्व शान्ति प्रदर्शनी’ लाओस, भियतनाम, इन्डोनेशिया र श्रीलंकामा गरिने पनि गौतमले बताउनु भयो । कम्बोडिया भ्रमणका क्रममा प्रमण्डल सदस्यहरुले कम्बोडियाको विश्व शान्ति संग्राहलयको अवलोकन गर्ने तथा कम्बोडियाको शान्ति तथा मेलमिलाप आयोगका पदाधिकारीहरुसँग भेटघाट पनि गर्ने कार्यक्रम रहेको लुम्बिनी विश्व शान्ति मञ्चका विश्व संयोजक निलकण्ठ पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्