सिरिज्न प्रहार ठानिएको काँटी आक्रमणको नालिबेली (भिडिओ)

0
41

प्रहरीले काठमाडौंमा लगातार रुपमा युवतीहरु माथि तिखो वस्तुले आक्रमण गर्ने एक व्यक्तिलाई पक्राऊ गरेको छ। आक्रमणकर्ता भनिएका राजधानीको महाराजगञ्ज स्थित एक रेष्टुरेण्टमा काम गर्ने सन्तोष कार्कीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो  http://https://www.youtube.com/watch?v=aMtGCv99Tr8

सुरुआतमा राजधानीमा युवतीहरु माथि सिरिन्जबाट आक्रमण भएको आशंका गरिएको थियो। तर शुक्रबार प्रहरीले युवतीहरु माथि ढलान गर्न प्रयोग हुने काँटीबाट आक्रमण भएको प्रष्ट्याएको छ।

प्रहरीमा गत जेठ महिनाभरमात्र तिखो वस्तुले आक्रमणमा परेको चार वटा उजुरी दर्ता भएको थियो। लगत्तै आक्रमण भएका स्थानका सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको थियो। पक्राउ परेका कार्कीले चार वटै घटनाको जिम्मेवारी स्वीकार गरेको प्रहरीले जनाएको छ। तर यसबीचमा सात वटा आक्रमणका घटना भएको सूचना प्रहरीसँग छ। तर बाँकी तीन वटा घटना कसले घटायो भन्ने खुल्न बाँकी छ। काँटी आक्रमणबारे सेतोपाटीले नालिबेली समेट्दै भिडिओ रिपोर्ट तयार पारेको छ।

प्रतिक्रिया दिनुहोस्