शुदुरपश्चिमेली नेपाली समाज मलेसियाको क्षेत्रीय तथा केन्द्रीय अधिवेशन साथै गौरा पर्व मनाउने तयारी

0
90

मलेसिया – शुदुरपश्चिमेली नेपाली सेवा समाज मलेसियाको केन्द्रीय तथा क्षेत्रीय अधिवेशन तथा गौरा पर्वको भब्य तयारी शुरु गरेकोछ ।

आउदो जुलाई ७ तारीख जोहोर क्षेत्रीय समितीको दोस्रो अधिवेशन जोहोर स्थित बागुस सिटि होटेलमा र जुलाई १४ तारीख मलका क्षेत्रीय समितीको पहिलो अधिवेशन मलका स्थित मुर्लिमाउ सरकम होटेलमा, अगष्ट २५ तारीख शुदुरपश्चिमेली नेपाली समाज मलेसिया केन्द्रीय समितीको पाचौं अधिवेशन तथा शुदुरपश्चिमको महान पर्व गौरा पर्व नेपालबाट बिशिष्ठ ब्यक्तित्वहरुको आतिथ्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न गर्ने तयारी भैरहेको छ ।

गौरा पर्वले धार्मीक आस्था, आपसी सद्भाव बढाउनुको साथै शुदुरपश्चिमको लोक संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने भएकोले हरेक साल मनाउने गरेको शुदुरपश्चिमेली नेपाली समाज मलेसियाका बर्तमान अध्यक्ष सम्शेर (समीर) बहादुर मल्लले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्