विश्वकप क्रिकेटमा अहिलेसम्म घोषित उत्कृष्ट खेलाडि यस्ता छन्

0
34

जेठ १९, काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) एक दिवसीय क्रिकेट विश्वकपको १२औँ संस्करण सुरु भइसकेको छ । यो पटकको प्रतियोगितामा कसले उत्कृष्ट प्रदर्शन गर्ला भन्ने प्रतिक्षामा छन् क्रिकेटप्रेमीहरु । यसको लागि प्रतियोगिताको अन्तिमसम्म कुनैपर्ने हुन्छ । आज हामीले विगतका विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ठ भएका खेलाडिको बारेमा सामग्री तयार पारेका छौँ ।

सन् १९९५ देखि सुरु गरेको विश्वकपमा अहिलेसम्म ११ संस्करण सम्पन्न भइसकेका छन् । प्रत्येक विश्वकपमा कुनै न कुनै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका हुन्छन् जसले टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने गर्छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुनेछन् ।

१९७५ बाट विश्वकप सुरु भए पनि १९९२ को पाँचौँ संस्करणदेखि मात्रै उत्कृष्ट खेलाडी घोषणा गर्न थालिएको हो । अहिलेसम्म ७ खेलाडी उत्कृष्ट बन्दा ४ खेलाडी विश्वकप जित्ने टिमबाट छन् । सन् १९९२ को विश्वकपमा न्यूजिल्याण्डका कप्तान समेत रहेका मार्टिन क्रोवे उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

यी ब्याट्सम्यानले ९ खेलमा सर्वा्धिक ४५६ रन बनाएका थिए । यस्तै सन् १९९६ को विश्वकप श्रीलंका जित्दा श्रीलंकाका सनथ जयासूर्या उत्कृष्ट खेलाडी बनेका थिए । अलराउण्डर जयासूर्याले २२१ रन बनाउनुका साथै ७ विकेट लिएका थिए । यसैगरी १९९९ को विश्कपमा पनि अलराउण्डर नै उत्कृष्ट खेलाडी घोषित भए । दक्षिण अफ्रिकाका लान्स क्लुसेनरले प्रतियोगितामा २८१ रन बनाउनुका साथै १७ विकेट लिएका थिए । सर्वाधिक विकेट लिनेमा उनी चौथो स्थानमा रहे ।

दक्षिण अफ्रिका फाइनल पुग्न नसके पनि क्लुसेनरले उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले समान २१३ रन बनाए पनि सुपर सिक्समा राम्रो रनरेट भएका कारण अस्ट्रेलिया फाइनल पुगेको थियो र पछि पाकिस्तानलाई हराएर च्याम्पियन बन्यो । सन् २००३ को विश्वकपमा उपविजेता टिम भारतका सचिन तेन्दुलकर उत्कृष्ट खेलाडी घोषित भए । फेरि अस्ट्रेलिया नै च्याम्पियन बन्दा भारतका सचिनले व्यक्तिगत रूपमा भने उत्कृष्ट प्रदर्शन गरे ।

सचिनले प्रतियोगितामा ६७३ रन बनाए । बलिङमा २ विकेट समेत लिए । सन् २००७ मा अस्ट्रेलियाले विश्वकप उपाधि ह्याट्रिक र्गयो । त्यसमा नायक बनेका फास्ट बलर ग्लेन म्याग्रा उत्कृष्ट खेलाडी चुनिए । आफ्नो समयको उत्कृष्ट बलर रहेका म्याग्राले २००७ को विश्वकपमा सर्वाधिक २६ विकेट लिएका थिए ।

त्यसको चार वर्षपछि भारतले विश्वकप जित्दा अलराउण्डर युवराज सिंह उत्कृष्ट खेलाडी घोषित भए । अलराउण्ड प्रदर्शन गरेका युवराजले ३६२ बनाउँदा १५ विकेट पनि आफ्नो नाममा लेखाए । यस्तै सन् २०१५ मा अस्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उपाधि घरेलु टोली अस्ट्रेलियाले जित्दा फास्ट बलर मिचेल स्टार्क उत्कृष्ट खेलाडी चुनिए ।

अस्ट्रेलियालाई पाँचौँ पटक च्याम्पियन बनाउने क्रममा स्टार्कले २२ विकेट लिएका थिए । उक्त विश्वकपमा न्यूजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्टले पनि समान २२ विकेट नै लिएका थिए । स्टार्कले ८ र बोल्टले ९ खेल खेलेका थिए । १२ औँ विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलाडि को होला ? त्यो भेन हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्