सरकारले खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ

0
41

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७६–७७ का लागि सरकारले खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले  खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए ।

अघिल्लो वर्षको तुलनामा खेलकुदको बजेट बढेको हो । अघिल्लो वर्षको तुलनामा करिब २४ करोडले बजेट बढेको हो ।

सरकारले मुलपानी क्रिकेट मैदानका लागि १० करोड विनियोजन गरिएको छ । यस्तै सबै प्रदेशमा सुबिधा सम्पन्न रंगशाला र खेलग्राम बनाउन ४० करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्