भैरहवाबाट अन्तर्राष्ट्रिय उडान लागि ३ अर्ब ३४ करोड रुपैयाँ बजेट

0
35

काठमाडौँ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी वर्ष अन्तर्राष्ट्रिय उडान शुरु गरिने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान शुरु गर्ने बताएका हुन् ।

उनले त्यसका लागि ३ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराए ।

उनले अन्तर्राष्ट्रिय उडानहरुका लागि विभिन्न मुलुकहरुसँग छलफल र सहकार्यलाई तीब्रता दिने बताए ।

पोखरा विमानस्थलको स्तरोन्नतिका लागि ८ अर्ब विनियोजन गरेको बताउँदै उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी थालिने बताए ।

यस्तै आन्तरिक विमानस्थहरु दाङ, नेपालगञ्ज, धनगढीलगायतका विमानस्थलको स्तरोन्नति गर्ने उनले बताए ।

यस्तै सुर्खेतमा नयाँ विमानस्थल निर्माणका लागि अध्ययन गर्ने अर्थमन्त्रीले बताए । रात्रीकालीन उडान हुन नसक्ने विमानस्थलमा रात्रीकालीन उडानका लागि प्रविधिको जडान गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्