मलेसियामा सम्पन्न बुद्ध जयन्ती कार्यक्रमको आयोजक समितिद्वारा प्रतिवेदन प्रस्तुत

0
30

साजन शर्मा, मलेसिया ।
यही मे १७ देखि सुरु भएर मे २२ मा सम्पन्न भएको ’वैशाख डे’ बुद्ध जयन्तीको कार्यक्रमको आयोजक समितिले नेपाल दुतावासको रोहरबरमा नेपाल दुतावासको सभा हलमा प्रतिवेदन प्रस्तुत गरेको छ ।

कार्यक्रमको उद्देश्य, व्यवस्थापन, सफलता तथा आयव्यय लगायतको विश्लेषण सहित आयोजक समितिले नेपाल दुतावासको प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पत्रकार माझ प्रतिवेदन प्रस्तुत गरेको थियो ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्तित्व लगायत संघ संस्थाले खेलेको भूमिका प्रति आभार व्यक्त गर्दै आयोजक समिति संयोजक सुन्दर आलेले नेपाली दुतावास तथा आर्थिक, नौतिक तथा भौतिक सहयोग प्रति धन्यबाद दिएका थिए ।

कार्यक्रमको विषयमा बोल्दै आयोजक समिति सदस्य बिपिन राईले कार्यक्रमको मुल उद्देश्य नेपाललाई विश्वसामु बुद्ध जन्मेको देश भनेर चिनाउनु रहेको र मलेसियाका स्थानीय निकायसम्म चिनाउन केही हदसम्म सफल भएको बताएका थिए । त्यसैगरी कार्यक्रमको आयव्यय प्रस्तुत गर्दै आर्थिक उपसमिति संयोजक ईश्वर राईले कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई विशेष धन्यबाद दिए ।

आयोजक समिति सल्लाहकार शङ्कर पौडेलले आफूले सानोमा बुद्ध इन्डियामा जन्मेको भनेर पढे पनि अहिले मलेसियन सरकारले त्यो सच्याएको बताएका थिए।
कार्यक्रमको अन्त्यमा नेपाल दुतावासको राजदूत उदयराज पाण्डेले बुद्ध जयन्ती भव्य, सरल र सफलतापूर्वक मनाउन सम्पूर्ण नेपाली जनसमुदायले खेलेको भूमिका प्रति धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि नेपाली समुदायसँग मिलेर धेरै काम गर्ने बताए ।

उक्त कार्यक्रमको सञ्चालन आयोजक समिति सदस्य राजेन्द्र तामाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्