एनआरएनए मलेसियाको छैटौँ अधिवेशनको मिति तय

0
113

साजन शर्मा, मलेसिया ।
गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको छैटौँ अधिवेशन आगामी सेप्टेम्बर १ तारिख आइतबारका दिन हुने भएको छ । शनिवार अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको वैठकल अधिवेशनको मिति तय गरेको हो ।

अधिवेशन अगावै २७ जुलाई २०१९ शनिवार ५ वजे सम्म एनआरएनए मलेसियाको पन्जीकृत सदस्य नवीकरण तथा नयाँ सदस्य लिने समय अवधि तोकिएको छ ।

यस्तै संघले पाँचथर मिक्लाजुङमा भएको हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १३ वर्षिय सीता खजुमलाई शिक्षाको लागि एक लाख रुपियाँ सहयोग प्रदान गर्ने घोषणा गरिएको छ ।

साथै बैठकले मलेसिया एनआरएनए कल्याणकारी कोष तथा एसिया प्यासिफिक भेलामा कबुल गरिएको रकम २७ जुलाई २०१९ सम्म उठाउँने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्