मलेसिया / आज किराँत राई यायोक्खा मलेसियाद्वारा मलेसिया स्थित ईपो राज्यमा साकेला उभौली मनाउनुको साथै किराँत राई यायोक्खाको ईपो क्षेत्रीय शाखा गठन गरेको छ ।
नब गठित क्षेत्रीय समिति राम बहादुर राईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।
किराँत राईहरुको चाड उभौलीमा किराँत संस्कार, संस्कृति, भेषभुषा तथा साकेला नाचगान प्रस्तुति गरिएको थियो ।
उक्त कार्यक्रमको प्रायोजकहरुलाई किराँत राई यायोक्खा मलेसियाका अध्यक्ष युबराज साम्पाङले धन्यबाद पत्रद्वारा सम्मान साथै नब गठित समितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्