फ्रेन्डसीप धमाकामा नेपालि कलाकारहरुले मलेसिया तताउने

0
125

साजन शर्मा

मलेसिया । फ्रेन्डसीप धमाका ग्रुपले मलेसियामा आउँदो जुन ४ देखि ७ सम्म मुस्लिमको हरुको माहान पर्व हरिरायाको बिदाको अबसर पारेर २२ औँ फ्रेन्डसीप धमाका गर्ने भएको छ।

उक्त कार्यक्रममा मनोरञ्जन दिनको लागि नेपालबाट चर्चित कलाकारहरु गायिका नेलिमा थापामगर, मिस्टर आरजे, नायक निखिल उप्रेती, मोडल रक्षा श्रेष्ठ, हाँस्य कलाकार दमन रुपाखेती आउने भएका छ्न्।

आयोजकको जानकारी अनुसार आगामी जुन ४ तारीख मंगलबारका दिन आइतम देवान हल, ५ जुन बुधबारको दिन बिएम पेनाङ देवान हलमा, ६ जुन बिहीबार एसजेके चाइनिज स्कुल देवान हल बातुपहाड र फेब्रुअरी ७ शुक्रबार पोर्ट् केलाङ बसपार्क नजिकै कार्यक्रम गर्ने तय भएको छ।

साथै मलेसियामा छरिएर रहनु भएका स्थानीय नेपाली कलाकार हरुको पनि यो कन्सर्टमा बिजोड प्रस्तुती हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्