मलेसियामा इनटरनेशनल एक्सीलेन्स अवार्ड सम्पन्न

0
43

साजन शर्मा, मलेसिया ।
सिजन मिडियाले आफ्नो १० वर्ष पुरा गरेको उपलक्ष्यमा गत सोमबार साझ मलेसियाको राजधानी कुवलालम्पुरको ग्रान्डकन्टिनेन्टल होटलको सभाहलमा “इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसिया” नामक सम्मान तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरुमा विगत १० वर्ष भन्दावढी समय एउटै काममा लागि परि सफल हुनु भएका नेपाली तथा बिदेशी अग्रजहरुलाई सम्मान गरिएको छ । उक्त कार्यक्रममा नेपाल बाट पाल्नु भएका विभन्न क्षेत्रका १६ जान व्यक्ति हरुले विभन्न १६ विधामा अवार्ड प्राप्त गर्न सफल हुनुभएको थियो बर्ष २०१९ को उत्क्रिस्ट कला र ग्राफिक डिजाइनरमा बिशाल चौधरी, उत्क्रिस्ट युवा महिला उद्यमीमा शान्ति लिम्बु, उत्क्रिस्ट बहुमुखी गायकमा दिनेश थापा, उत्क्रिस्ट युवा प्रेरणा सामाजिक कार्यकर्तामा निता राउत, उत्क्रिस्ट वर्ष महिलामा एलिना तुलाधर, उत्क्रिस्ट फोटोग्राफरमा राजन काफ्ले, उत्क्रिस्ट ब्युटिसियनमा गोपी माया थुलुङ्ग, उत्क्रिस्ट फेसन डिजाइनरमा राधा ढकाल सापकोटा, उत्क्रिस्ट समाचार लेखकमा लक्ष्मी खतिवडा, उत्क्रिस्ट सामाजिक कार्यकर्तामा छमकला बुढाथोकी, उत्क्रिस्ट विवाह फोटोग्राफीमा मोहम्मद शहनवाज, उत्क्रिस्ट ब्यबसायिक अन्तरास्ट्रिय बडी बिल्डरमा महेश्वर महर्जन, उत्क्रिस्ट बंगलादेश फोटोग्राफरमा सलमा अहमद, उत्क्रिस्ट अन्तर्राष्ट्रिय सिनेमाग्राफरमा बिष्णु प्रसाद घिमिरे, उत्क्रिस्ट अन्तर्राष्ट्रिय कोरियोग्राफरमा रोजिन शाक्य र उत्क्रिस्ट बरिष्ट फोटोपत्रकारमा राजेन्द्र चित्रकार ले अवार्ड प्राप्त गर्नु भएको थियो ।


उक्त इन्टरनेशनल एक्सीलेन्स अवार्ड कार्याक्रममा प्रमुख अथितिमा मलेसियाका लागि नेपाली दुताबासका सम्मानीय राजदुत उदय राज पाण्डे, अथिति हरुमा एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनका आइसिसि सदस्य विश्व राई, सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्त, मलेसियाका स्थानीय नेपाली शंकर बाहादुर पौडेल, साथै लानटर्न एड्भरटाआइजिङ्गका प्रबन्ध निर्देशक अमजद खान रहनु भएको थियो ।
साथै कार्यक्रममा मलेसियाका स्थानीय नेपाली शंकर बाहादुर पौडेल लाई दोसल्ला र सम्मान-पत्र सहित बिशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई प्रोत्साहन गर्ने उधेश्यले यो अवार्ड कार्यक्रम गरिएको साथै सबै नागरिकमा सामाजिक भावना जागृत गर्न आगामी दिनहरुमा पनि यस्ता अवार्ड कार्यक्रमहरु गर्दै नया पुस्ता हरुलाई प्रेरणा दिने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्