अपाङ्गता क्षेत्रमा मिलेर काम गर्न आतुर छौं- एनआरएनए जापान

0
176

टोकियो, ३ जेठ, अपाङ्गता क्षेत्रमा मिलेर काम गर्न र उनीहरुको सामाजिक बृद्धि विकास गर्न आफुहरु तयार भएको गैरआवासीय नेपाली संघ जापानले जनाएको छ।  चर्चित सामाजिक अभियन्ता तथा अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलको जीवन र संघर्षमा आधारित बृत्तचित्र प्रदर्शन र पर्यटन क्षेत्रमा अपाङ्गहरूको पहुँच विषयक एक अन्तरक्रिया कार्यक्रममा उक्त भनाइ आएको थियो । एनआरएनए जापानले बिगतको समयमा सामाजिक क्षेत्रमा काम गरिरहेको र अपाङ्गता क्षेत्रमा अझ काम गर्ने बताउँदै योजना ल्याउन एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी जराए । कार्यक्रममा बोल्दै एनसिसि सदस्य कपिल थापाले आफूले धेरै ह्विल चियर वितरण गरिसकेको र निलकण्ठ जीले भने झै ह्विल चियर र बैसाखी कारखाना खोल्न आफू सहयोग गर्ने बताएका छन । कार्यक्रममा निलकण्ठ पौडेलले हामीले देश विदेशमा अपाङ्गता भएका व्यक्तिहरुको कार्यक्रम प्रस्तुत गर्नुले अब हामी खुम्चिएर नबस्ने र सिङ्गो देश बदल्ने तागत हामीसँग भएकाले हामीलाई साथ लिएर कार्यक्रम बनाउन उनले आग्रह गरे ।

कार्यक्रममा बिजय थकाली, नेत्र विष्ट, बुद्धि गौचन, कपिलदेव थापा, शिब प्रसाद पौडेल, देविलाल भण्डारी, कालिका थापा र पुष्कर जङ्ग थापा लगायतले आ-आफ्नो धारणा राख्दै सहयोग र सहकार्य गर्ने प्रतिबद्धता  जनाए । कार्यक्रममा सहयोग सङ्कलन गरी रकम रू ६२००० निलकण्ठ पौडेललाई  हस्तान्तरण गरिएको थियो।
एनआरएन जापानद्वारा रू. ३००००/- हल निशुल्क पुष्कर जंग थापाबाट भएको थियो  । सोलमारी मुरा रेष्टुरेन्ट टोकियोमा सम्पन्न कार्यक्रमको अध्यक्षता एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाा फोन मार्फत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्