वल्ड च्याम्पियनसिपको लागि केेैलाश नाउ बेल्जियम प्रस्थान

0
49
ईश्वर राई, मलेसिया- हिजो नेपालको प्रतिनिधित्व गर्दै 2019 World Beard and Moustache Championship मा प्रतिस्पर्धा गर्ने मलेसिया बाटै केैलाश नाउ बेल्जियम प्रस्थान गरेको हो । स्नोरेनक्लब आन्ट्वेरपेन बेल्जियमको आयोजनामा यस च्याम्पियनसिप मे १७ देखि १९ तारीख आन्ट्वेरपेन बेल्जिया हुनेछ ।
मलेसियाका नेपाली राजदुत उदय राज पाण्डेले आफ्नै कार्य कक्षामा केैलाशलाई बिदाई गर्दै नेपाली झण्डा तथा सफलताको शुभकामना प्रदान गरेका थिए । तेसै गरि गैर आवासिय नेपाली संघ मलेसियाका महासचिव सुन्दर आले र नेपाली ब्यबसायी समाज मलेसियाका सचिब बिपिन राईले पनि बिदाई गर्दै शुभकामना ब्यक्त गरेका थिए ।
नवलपरासी सुनौल २  घर भै बिगत ९ बर्ष देखि केैलाशले मलेसियामा सौलुन ब्यबसाय संचालन गर्दै आएका छन । बिश्वमा आफ्नो छुटै पहिचान बनाउने होडमा ८ बर्ष देखि आफ्नो दाह्री र जुंगा पालेका हुन । उनको दाह्री र जुंगाको स्टाईल अरुको भन्दा फरक भएकोले यो च्यापियनसीप राम्रो स्थान हासिल गर्ने दाबि गरेका छन । २.५ फिट लामो दाह्री र जुंगालाई हात्तीको दाह्रा जस्तै ठाडो पार्दा निकै आकर्षक देखिन्छ । यहि आकर्षणको कारण नेपाल तथा मलेसियामा सेलिब्रेटि नै बनेका छन ।

अमेरीका र युकेको २ पटक असफल प्रयास पछि वल्ड च्याम्पियनसिपमा सहभागी हुन छनोट भएकोमा खुसी ब्यक्त गर्दै आर्थिक सहयोगी म्याक्समोनी ट्रान्सफर मलेसिया साथै अन्य सहयोग र हौसला दिने सबैलाई धन्यबाद दिएका थिए । उनले भने सफल हुने पुर्ण आशाका साथ जाँदै छु यदि यस पटक असफल भए पनि एक दिन देशको नाम उच्च ठाउमा राख्ने छु ।
प्रतिक्रिया दिनुहोस्