मलेसियामा बुद्ध जयन्तिको रथयात्रा कार्यक्रमको सम्पूर्ण तयारी पुरा

0
38

साजन शर्मा, मलेसिया ।
शान्तिका प्रतिक मानिने भगवान गौतम बुद्धको जन्म, ज्ञानप्राप्ति तथा महापारीनिर्वाणको स्मरणमा २५६३ औं बुद्ध जयन्ती (वेशाक डे) को अबसरमा मलेसियामा यहि आउदो मे १७ शुक्रबार देखि मे २१ मंगलबार सम्म मनाइने रथयात्रा कार्यक्रमको सम्पूर्ण तयारि पुरा भएको छ ।
नेपाली दुताबास मलेसिया, एनआरएन मलेसिया, नेपाल ब्यबसायी समाज मलेसिया, नेपाल आदिबासी जनजाति माहासंघ मलेसिया, दोलखा सेवा समाज मलेसिया, नेपाल मगर संघ मलेसिया, तामांग समाज मलेसिया, शेर्पा समाज मलेसिया, किराँत राई यायोक्खा मलेसिया, सुदुरपस्चिमेली सेवा समाज मलेसिया र खबतडि बस्नेत समाज मलेसिया लगायत विभिन्न सक्रिय संघ संस्थाहरुको सहकार्यमा आयोजना हुनलागेको उक्त रथयात्रा कार्यक्रमको सम्पूर्ण तयारि पुरा भएको मूल आयोजक समितिका सयोजक सुन्दर आलेले बताउनु भयो ।

साथै उक्त रथयात्रा कार्यक्रममा बुद्ध भूमिको रुपमा रहेको नेपालको राष्ट्रिय पहिचान, कला संस्कृति, पर्यटन प्रबर्धन हुनेहुदा रथयात्रा कार्यक्रममा उत्साहपुर्बक सहभागी हुनु मलेसियामा रहनुभएका आम नेपाली दाजुभाइ, दिदिबहिनि हरु तथा नेपाली समुदाय सम्बद्ध सामाजिक साँस्कृतिक संघ संस्था हरुलाई आयोजक समितिले अनुरोध गरेको छ र मलेसियाको बहुधार्मिक सामाजिक बनौटलाइ समेत ध्यानमा राखी सहभागिताको क्रममा होहल्ला, नाचगान, नारावाजी, मादक पदार्थ सेवन गर्न तथा नगराउन तथा शान्तिका प्रतिक मानिने भगवान गौतम बुद्धको उपदेश अनुकुलका आचरण र शैलीमा शान्त तथा सभ्य रुपमा उक्त कार्यक्रमलाइ सफल बाइदिनुहुन सम्पूर्णलाइ आयोजक समितिले आह्वान गरेको छ ।
साथै रथयात्राको पूर्वतयारीमा एक बिज्ञप्ति निकाल्दै नेपाली दुताबास मलेसियाले उक्त रथयात्रामा सहभागी हुन मलेसियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनि हरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्