मलेसियामा नेपाली कलाकार संघ गठन

0
168

साजन शर्मा

मलेसिया । नेपाली कला संस्कृतिको साथै मलेसियामा छरिएर रहेका विभिन्न क्षेत्रका कलाकारहरूलाई एकै ठाउँमा समेटेर अगाडी बढने उदेश्यले गत आइतबार मलेसियाको केलाङ्गमा नेपाली कलाकार संघ मलेसियाको गठन भएको छ ।

लोकगायक बिनोद बाबू केसीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको उद्‌घाटन समारोहमा एनआरएनए मलेसियाका प्रतिनिधिलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, विभिन्न क्षेत्रका कलाकार तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्वा दोर्जे मोक्तान को सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अथिति प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज मलेसियाका अध्यक्ष पुरुषोत्तम कार्की, एनआरएनए मलेसियाका प्रतिनिधि योगेन्द्र कोइराला, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवाहरू तथा ब्यापारीहरूले संयुक्त रुपमा रिबन र केक काटेर कार्यक्रमको उद्‌घाटन गरेका थिए ।

कार्यक्रमबाट बिनोद बाबू केसिको अध्यक्षतामा ५१ सदस्यीय समितिका गठन गरिएका छ । जसको उपाध्यक्षमा डेबिट घिमिरे, कुसुम गाह मगर, कैलाश बोहरा, महासचिवमा दिएस थापा, सचिवमा कृष्ण थापा, सह सचिवमा मौसम तामाङ, कोषाध्यक्षमा अर्जुन कुँवर, सहकोषाध्यक्षमा समा देवान, संरक्षकमा सुमन श्रेष्ठ, तुलाराम धामी, सल्लाहकारहरूमा योगेन्द्र कोइराला, फुर्वा दोर्जे मोक्तान, साजन शर्मा, बीस महर, रमित लामा तथा प्रमुख सदस्यहरूमा कृष्ण गुप्ता, युनिक योन्जन, अमिर लोप्चन, चार्ली घिसिङ, विजय विवश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्