गैर आवासीय नेपाली संघ जापानले एक फरक कार्यक्रम गर्दै

0
138

 

टोकियो, मे-११   अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकलाई राज्य तथा गैरसरकारी क्षेत्रबाट प्रदान गरिएका सेवा, सुविधा, अवसर र यससँग सम्बन्धित कानुनी व्यवस्थाका बारेमा सुसूचित गराई अपाङ्गता विषयको मूल प्रवाहीकरणमा सघाउ पुर्याउने उद्देश्यका साथ
अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार प्रवर्द्धन गर्न, उनीहरूका अधिकारहरूका बारेमा जनमानसमा चेतना फैलाउन र उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो।संयुक्त राष्ट्रसंघले सन १९९२ मा डिसेम्वर ३ लाई अन्तराष्ट्रिय अपाङ्गता अधिकार दिवसको रूपमा घोषणा गरेपछि यो दिवस मनाउन थालिएको छ।आम मानिसहरूले जानेर वा नजानीकनै अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्न अमर्यादीत र गलत शब्दावलीहरूको प्रयोग गरेर उनीहरूको मनोवलमा ठेस पुर्याउने काम गरीरहेका हुन्छन्। यस्ता शब्दहरू अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत तथा पेशागत विकासको लागी बाधक बनिरहेका हुन्छन्। त्यसैले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्दा सधै मर्यादीत शब्दावलीहरूको प्रयोग गर्न हुन एक कार्यक्रम मार्फत आग्रह गर्दै उहॉहरुको योगदानको बारेमा एनआरएनए जापानले एक अन्तरकृया कार्यक्रम गर्ने छ।

जापानको टोकियो स्थित सोलमारी मुरा हलमा यहि मेई १७ तारिक शुक्रवार दिवा १५:०० बजे बाट १७:०० बजे सम्म आयोजना हुन गइरहेको एक फरक कार्यक्रम जहाँ दुई बटा डकुमेन्ट्री निलकण्ठ पौडेलको “जिबन र संघर्ष” र अर्को पर्यटकीय क्षेत्र नेपालको बिविधता समेटिएको बृत्तचित्र Visit Nepal-2020 प्रदर्शन र अन्तरक्रिया कार्यक्रम आयोजना गरिने हुदा सो कार्यक्रममा उपस्थित भै उहाहरुको आत्मबल बडाउन अपाङ्गता भएका व्यक्तिहरु लाई सहयोग पुग्ने गरि  सबैमा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं । कार्यक्रम NRNA Japan र ndrdcnepal को आयोजनामा हुने छ ।नेपाल बाट उक्त कार्यक्रममा जापान आउने टोलिमा निलकण्ठ पौडेल ,गणेँश प्रसाद पाण्डे,सिद्ध बहादुर वानिया क्षेत्री, हर्क बहादुर तामाङ र चोकेन्द्र राज ठकुरी  सहभागि रहनु हुने अध्यक्ष टासि वाङदी लामाले जानकारी दिनु भयो ।

कार्यक्रमको तयारी भैरहेको जानकारी एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो

नागरिक डायरी डटकम समाचारदाता टोकियो

प्रतिक्रिया दिनुहोस्