पुरुष विश्व कप लिग-२ को पहिलो चरणको खेल तालिका सार्वजनिक

0
28

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पुरुष विश्व कप लिग-२ को पहिलो चरणको ८ वटा सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ।

भारतमा आयोजना हुने सन् २०२३ को विश्वकपको छनौटको लागि अगस्ट २०१९ देखि प्रतियोगिता सुरु हुँदैछ। बिश्व कप लिग-२ मा नेपाल सहित स्कटल्याण्ड, युएई, नामिबिया, पपुवा न्यु गिनी, अमेरिका र ओमान गरि ७ राष्ट्र सहभागी हुनेछन्। नामिबिया, पपुवा न्यु गिनी, अमेरिका र ओमान भर्खरै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ को उत्कृस्ट ४ भित्र परेपछि एकदिवसीय मान्यता सहित विश्व कप लिग-२ खेल्न छनौट भएका हुन् ।

७ राष्ट्रले बिश्वकप लिग-२ अन्तर्गत २०१९ देखि २०२१ सम्म कुल १२६ खेल खेल्नेछन् जसमा एउटा राष्ट्रले कुल ३६ खेल खेल्नेछ। सम्पूर्ण खेलले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत पाउनेछ।

७ टिम मध्ये उत्कृस्ट ३ टिमले सन् २०२२ मा आयोजना हुने आईसीसी बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। तल्लो स्थानमा रहे ४ टिमले भने बिश्वकप छनौट प्ले-अफ खेल्न पाउनेछ जुन प्रतियोगितामा उत्कृस्ट २ भए बिश्वकप २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

२०२३ को एकदिवसीय बिश्वकपमा कुल १० टिमले मात्र सहभागिता जनाउने आईसीसीले घोषणा गरिसकेको छ।

नेपालको खेल तालिका 

नेपालले विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो सिरिज आगामी वर्ष फेब्रुवरीमा पहिलो सिरिज नेपालमै खेल्नेछ। टियु मैदानमा हुने उक्त सिरिजमा नेपाल, अमेरिका र ओमान सहभागी हुनेछन्। यस्तै दोश्रो सिरिज नेपाल, नामिबिया र स्कटल्याण्ड बीच नामिबियामा २०२० अप्रिलमा आयोजना हुनेछ।

५ देखि १२ फेब्रुवरी २०२०  मा आयोजना हुने पहिलो सिरिजमा कुल ६ खेल हुनेछ। ३ वटै टिमले एक अर्का बिरुद्ध २/२ वटा खेल खेल्नेछन्।

५-१२ फेब्रुवरी २०२० : नेपाल, ओमान र अमेरिका ( टियु मैदान , नेपाल )
२०-२७ अप्रिल २०२० : नेपाल, नामिबिया र स्कटल्याण्ड ( नामिबिया )
९-१६ जुन २०२० : पपुवा न्यु गिनी , युएई र नेपाल ( पपुवा न्यु गिनी )
जुन २०२० : स्कटल्याण्ड, नेपाल, नामिबिया ( स्थान तोकिएको छैन )
जनवरी २०२१ : ओमान, अमेरिका र नेपाल ( स्थान तोकिएको छैन )
फेब्रुवरी २०२१ : नेपाल, युएई, पपुवा न्यु गिनी ( स्थान तोकिएको छैन )
अगस्ट २०२१ : अमेरिका, नेपाल, ओमान ( स्थान तोकिएको छैन )
नोभेम्बर २०२१ : नेपाल, नामिबिया र स्कटल्याण्ड ( स्थान तोकिएको छैन )
जनवरी २०२२ : युएई, पपुवा न्यु गिनी र नेपाल ( स्थान तोकिएको छैन )

प्रतिक्रिया दिनुहोस्