पछिल्लो समय बिदेशमा ब्यस्त भइरहेका सामाजिक अभियन्ता निलकण्ठ पौडेल मे १२ तारिखमा जापानको टोकियोमा जाँदैछन् । दर्जनौ देश घुमिसकेका उनी जापानमा निकै ब्यस्त तालिका नागरिक डायरी डटकमलाई सुनाए । जापानमा उनको जीवन र संघर्षमा आधारित बृत्तचित्र प्रदर्शन कार्यक्रम हुदैछ। एनआरएनए जापान र जापान स्थित नेपाली दुतावासको आयोजना र सहयोगमा टोकियो स्थित एक रिसोर्टमा मे १७ तारिखमा डकुमेन्ट्री प्रदर्शन कार्यक्रम हुदैछ । उनले पर्यटन बर्ष २०२० को विशेष प्रस्तुति समेत हुने उनी बताउँछन्। यसैगरी उनी मे १९ तारिखमा टोकियोमा नै जापानमा रहेका अपाङ्ग संघले आयोजना गर्ने अन्तराष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने तालिका रहेको छ । उनी सिन्जुकु, मिनाटो लगायत क्षेत्रमा नेपालीहरुसँग भेटघाट कार्यक्रममा सहभागी हुने तालिका रहेको छ।
विदेशमा उनले नेपाली पोशाक, नेपालीपन र साहस देखिने गरी हिडडुल गर्ने हुँदा पछिल्लो समय चर्चाको शिखरमा पुगिरहेका छन्। उनी शारीरिक रूपमा अपाङ्ग भए पनि उनको गतिविधिले अन्य अपाङ्गता भएका व्यक्तिहरुको लागि प्रेरणाको श्रोत बनिरहेका छन ।
नागरिक डायरी डटकम समाचारदाता
विदेशमा उनको सक्रियताका तस्बिर