गैर आवासिय नेपाली संघ मलेसियाद्वारा कराते खेलाडि तथा रेफ्रिलाई सम्मान

0
76

ईश्वर राई, मलेसिया
हिजो साझ क्वालालम्पुरको द खुकुरी रेष्टुरेन्टको हालमा गैर आवासिय नेपाली संघ मलेसियाद्वारा आयोजित कार्यक्रममा १८ औ एकेएफ क्याडेड जुनियर तथा अन्डर २१ कराते प्रतियोगितामा सहभागी हुन मलेसिया आएका नेपाल कराते संघका १४ जना साथै गैर आवासिय नेपाली संघ मलेसियाबाट ८ औ राष्ट्रिय खेलकुदमा नेपाल सहभागी हुन गएका २ खेलाडि तथा रेफ्रिलाई सम्मान गरिएको हो ।

गैर आवासिय नेपाली संघ मलेसियाका बरिस्ठ उपाध्यक्ष टेक धिक्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासिय नेपाली संघ मलेसियाका सल्लाहकार रमेश तिवारी तथा संरक्षक भवानि प्रसाद तिवारीले शुभकामना मन्तब्य मार्फत खेलाडिहरुको सफलताको कामना र मलेसियामा स्वागत गर्न पाएकोमा खुसि ब्यक्त गर्नु भएको थियो । साथै नेपाल कराते महासंघका रेफ्रि काऊन्सिलका चिफ बिशन मोतेले अप्रिल २६ देखि २८ सम्म कोताकिनाबालु सावा, मलेसियामा भएको १८ औ एकेएफ क्याडेड जुनियर तथा अन्डर २१ कराते प्रतियोगिताको बारेमा जानकारी गराउदै यस प्रतियोगिताबाट धेरै अनुभब र प्रबिधिक ज्ञान हासिल भएको र यसबाट नेपालको काराते खेलको बिकासको लागि ठुलो भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा अन्तराष्ट्रिय रेफ्रि तथा प्रवासि नेपाली सितोरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईरालाले ८ औ राष्ट्रिय खेलकुदमा गैर आवासिय नेपाली समाज मलेसियाबाट सहभागी हुदाको अनुभब बताउदै ९ औ राष्ट्रिय खेलकुदमा मेडल नै जित्ने तयारी शुरु गर्ने बताउनु भएको थियो साथै बैदेशिक रोजगारमा रहेका प्रतिभाशाली खेलाडिहरुको खेल प्रदर्शन गर्ने अबसर दिएकोमा गैर आवासिय नेपाली संघ मलेसियालाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।
यसै गरि गैर आवासीय नेपाली संघ मलेसियाको टिमबाट ८ औ राष्ट्रिय खेलकुदमा सहभागी कुमुदे ८४ केजीका खेलाडि सोमान नोर्बु तामाङले कार्यक्रममा बोल्दै ८ औ राष्ट्रिय खेलकुदबाट कुनै पनि मेडल प्राप्त गर्न नसके पनि अनुभब प्राप्त भएको र ९ औ राष्ट्रिय खेलकुदबाट मेडल प्राप्त गर्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी कराते खेलाडि तथा रेफ्रिलाई गैर आवासिय नेपाली समाजका बरिस्ठ उपाध्यक्ष टेक धिक्त, महासचिव सुन्दर आले, सल्लाहकार रमेश तिवारी र संरक्षक भवानी प्रसाद तिवारीले सामुहिकरुपमा खदा तथा सम्मान पत्र प्रदान गरि सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्