एनआरएन एनसीसीको ‘युथ को–अर्डिनेटर’ मा प्रितम कुसियैतको उम्मेदवारी

0
23

अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएन) एनसीसी अमेरिकाको निर्वाचन आगामी मे महिनाको १८ र १९ तारिखमा हुन गइरहेको छ ।युरोप तथा मध्य पूर्वका देशहरुलगायतमा फैलिएको गैर आवासीय नेपाली संघ (एनआरएन) एक सामाजिक संस्थाका रुपमा परिचित छ र संस्थाले नेपालमा धेरै कामहरु समेत गरेको छ । यस्तैमा (एनआरएन) एनसीसी अमेरिकाको निर्वाचनमा प्रितम कुसियतले ‘युथ को–अर्डिनेटर’मा उम्मेद्वारी दिएका छन् । उनलाई प्रस्ताब भने कृष्ण प्रसाद बर्तौला गरेका हुन् भने समर्थनमा उज्वल खत्री छन् ।

उम्मेदवारी दर्ता गर्दै उनले अमेरिकामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई सामाजिक क्षेत्रमा सेवाभाव जगाउँदै एनआरएनएमा सहभागिता अभिवृद्वि गर्ने उद्देश्य रहेको बताए । उनले भने, ‘यो उद्देश्यहरु पूरा गर्न म सँग स्पष्ट रुपमा योजनाहरुको खाका छ ।’‘युथ को–अर्डिनेटर’ का प्रत्याशी कुसियतले पुरा हुन नसकेका कार्यलाई पुरा गर्ने र सबै तह र तप्कालाई साथमा लिएर एनआरएनलाई नयाँ उचाइमा पु¥याउने चुनावी एजेन्डा अघि सारेका छन्।उनले भने, ‘एनसीसीलाई विवादमुक्त संस्था बनाउनेछु ।’त्यसै गरि अमेरिका भरिको युवाहरुलाई मुलधारमा ल्याउन आफुले सक्दो काम गर्ने प्रतिबद्धता गरेका छन् ।

अमेरिकामा रहेर धेरै नेपालीलाई रोजगार दिइराखेका उनी सफल युवा व्यवसायी हुन् । हाल अमेरिकाको सिकागो शहरमा बस्दै आएका छन् । उनले युनाइटेड नेप्लिस एसोसियसनमा UNA-MID WEST REGIONAL CORDINATOR को अनुभव बटुलिसकेका छन् र ” यो संस्थामा लाग्नु पनि उनको मुख्य उद्देश्य अमेरिकामा रहेका युवाहरुलाई एकिकृत गरेर मूलधारमा ल्याउनु हो”,उनले बताए ।उनी USA IT CORPORATION का संचालक हुन् ।एनआरएन एनसीसी मा युवा नेत्रित्व को कमि भैरहेको बेला यस्ता युवा होमिनु सबैले प्रशंसा योग्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्